मेलिना राई र सुजनको मनै वहलाउने ‘प्रेम सुरको’ युट्यूवमा…

कति राम्रो त्यो वोलि नै मनपर्यो

तिमिले लाको त्यो चोली नै मनपर्यो…

हालका सर्वाधिक लोकपृय गायिका मेलिना राई र नव गायक सुजन आङ्देम्वेको स्वरमा २०७६ फागुन २५   गते इन्द्रेणी व्याङक्वेट नयाँवानेश्वरमा एक कार्यक्रममाँझ  सुजन आङ्देम्वे लिम्वु युट्यूव च्यानलमार्फत म्यूजिक भिडियो    सार्वजनिक भएको छ । मेलिना र सुजनको गायकीले गीतको मर्मलाई औधी न्याय गरेका छन्, मन वहलाउछ स्रोताको ।

                 रमेश तुम्रोक, जो गतिशिल व्यक्तित्व, जोश जाँगरका पर्याय, पहिचान र अधिकारका लागि एक सचेत नागरिक भनेर कलाउछन्, उनी एक वर्ष अगाडि गम्भीर मोटरसाईकल दुर्घटनामा परे । जव विउझे, जीवनलाई पछाडि अगाडि हेरे, भावनामा डुवुल्की मार्दै गीतकारको रुपमा  प्रेम सुरको लिएर वजारमा आएका छन् ।

                आशा भूलाल र सुजन आङ्देम्वेको कलाकारिताबाट म्यूजिक भिडियोमा थप रौनकता थपेको छ ।

सुनिल भकानि को कोरियोग्राफि,  इशक जवेगुको सिनेमेटोग्राफि र पोष्ट प्रोडक्सनमा निर्माण भएको भिडियोले नेपाली सांगितिक वजारमा एक नयाँ ईटा थप्ने संगीतका पारखी सहभागि वक्ताहरुले व्यक्त गरेका छन् ।

म्यूजिक भिडियोलाई शुभकामना दिन प्रमुख अतिथि रहनुभएका पहिचानवादी नेता विराज आङ्देम्वे, समाजसेवीहरु डम्वर तुम्रोक, मणि तुम्रोक, मन कुमार नेम्वाङ, शुसिल सेर्मा, सुक तुम्रोक लगायतका विशिष्ट महानुभावहरुको उपस्थिति थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार