चैत्र २२ सम्म सबै अदालत बन्द………….

काठमाडौं- कोरोना भाइरसलाई मध्यनज राख्दै देशभरका अदालत बन्द गरिएको छ। शुक्रबार बसेको ‘फुल कोर्ट’ बैठकले चैत्र २२ गतेसम्मका लागि सबै तहका अदालत बन्द गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको जोखिम रहने भन्दै वकिलहरुले सुनुवाइ रोक्न आग्रह गरेका थिए। नेपाल बार एशोसियन र सर्वोच्च अदालत बार एशोसियनसले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पत्र लेखेर सुनुवाइ तत्काल स्थगित गर्न माग गरेका थिए। बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने अदालतको कारवाही रोकिने छैन। यस अघि संसद बैठक समेत स्थगित गरिसकिएको छ।

नमाज पढ्ने कार्यक्रम स्थगित

सरकारले धेरै मानिसहरुको भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेसँगै मस्दिजहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ। विश्वभरी कोरोना भाइरस (कोभिड-१९) सन्त्रास फैलिएका बेला उपत्यकाका विभिन्न मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको हो। नेपाली जामे मस्जिद (धार्मिक स्थल) सञ्चालक समितिले संक्रमणबाट बच्न शुक्रबारको विशेष नमाज लगायतका हरेक दिन हुने अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ। आफू पनि बाँचौ अरुलाई पनि बचाऔँ भन्ने सन्देशसहित मस्जिदले सरकारले गरेको अनुरोधलाई ध्यानमा राख्दै सक्दो सयोग गर्न आग्रह गरेको छ। मस्जिदले आ—आफ्नो ठाउँबाट नमाज पढ्न पनि अनुरोध गरेको छ। कोभिड—१९ को जोखिमबाट बच्न सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ। यसअघि बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्न आग्रह गरेका थिए।    एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार