साढे ३ घन्टापछि ओरालियो सिल्क एयरबाट यात्रु……..

काठमाडौं – सिंगापुरबाट आएको सिल्क एयरको विमानबाट यात्रुलाई ओरालिएको छ। यात्रुहरुले चर्को नारावाजी गरेपछि करिब साढे तीन घण्टापछि विमानस्थल प्रशासनले यात्रुलाई ओरार्ने निर्णय गरेको हो। शनिबार राति १२ बजेपछि यात्रुलाई ओर्लिन दिइएको हो। शनिबार राति ८ः४० बजे त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको सिल्क एयरको एमआई–४१६ विमानले कोरोना रोकथामका लागि प्रतिबन्ध लगाइएका मुलुकका केही नागरिक लिएर आएपछि यात्रुलाई राति अबेरसम्म बाहिर आउन दिइएको थिएन। करिब दुई सय यात्रु बोकेर आएको उक्त विमानलाई सुरुमा आकाशबाटै सिंगापुर फिर्ता हुन भनिएको थियो। तर इन्धन भर्नुपर्ने भन्दै विमान अवतरण गरेको थियो। सिंगापुरबाट आएको उक्त विमानमा रहेका प्रतिबन्धित मुलुकका विदेशी पनि धेरैजसो नेपाली मुलकै व्यक्ति थिए। विमानलाई सिंगापुर नै फिर्ता पठाउने तयारी सरकारले गरे पनि यात्रु र हवाई उड्डयन नियमअनुसार नमिल्ने भएपछि अवतरण गर्न दिइएको थियो। विमान अवतरण गरेपछि विमानभित्रै आयत्रुहरुले नाराबाजी सुरु गरेका थिए। ओरालिएका यात्रुको राति नै स्वास्थ्य परीक्षण गरेर तीन जनालाई मात्र क्वारेन्टाइनमा पठाइएको विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ। बाँकी सबैलाई आ-आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’ माबस्न भनिएको विमानस्थल सुरक्षामा खटिएका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियम अनुसार कुनै देशमा अवतरण गरिसकेको जहाजलाई यात्रुसहित फिर्ता पठाउन मिल्दैन। यही नियमअनुसार विमानलाई अवतरण हुन दिइएको नागरिक उड्डयन प्राधिकरण सम्बद्व कर्मचारीको दाबी छ। नेपालले आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडानहरु स्थगन गरेको छ भने शुक्रबारदेखि युरोप, खाडीलगायतका मुलुकबाट आगमनमा प्रतिबन्ध लगाएको थियो। एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार