लकडाउन प्रभाव : सुनसान सडक……………

काठमाडौं- सरकारको कोरोना भाइरस नियन्त्रण गर्न एक साता लकडाउन गरेको छ। आजबाट लकडाउन गरिएको हो। यो क्रममा मानिसहरुलाई घरबाहिर ननिस्कन सरकारले भनेको छ। अत्यावस्यक सवारी साधनबाहेक अन्य सवारी गुडाउन प्रतिवन्ध लगाइएको छ। लकडाउन पछि राजधानी काठमाडौंका सडक सुनसान देखिए। विहान गुडेका सवारीलाई पनि प्रहरीले सम्वन्धित स्थानमै फर्काएको छ। मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने सरकारी निर्णयलाई जनताले स्वीकार गरेका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरमा मंगलबार बिहान अत्यावश्यक सेवा सञ्चालनका सवारी साधन बाहेकका सवारी साधन सञ्चालन भएको देखिएन। उपत्यकाको मंगलबार बिहानको दृश्य लगभग कफ्र्युको जस्तै देखिएको थियो। लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारीक रुपमा सरकारबाट भएको आदेश हो। माईकिङबाट प्रहरीले सर्वसाधरणलाई भित्रै बस्न , घर बाहिर ननिस्कन आग्रह गर्दै हिडेको देखिन्थ्यो। सडकमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ भने सवारी साधनको र परिचयपत्रको चेकजाँचलाई पनि कडाई गरिएको छ। फाट्टफुट् सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले घरभित्रै बस्न आग्रह गरेका छन्। कोरोना संक्रमणको विरामी फेला परेपछि थप संक्रमण नफैलियोस् भनि सोमबार सरकारले संक्रामक रोग ऐन २०२० अनुसार एकसाताका लागि मुलुकभर लकडाउनको घोषणा गरेको हो। मंगलबार बिहान ६ बजे देखि १८ गते सम्म अत्यावश्यक बाहेक सर्वसाधरणलाई घर बाहिर निस्कन निषेध गरिएको छ।  एनअेाएन     तस्बिर :  विजय राई

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार