प्रदेशलाई पिपिई सेट तथा मास्क पठाइयो………….

काठमाडौं- केन्द्र सरकारले ६ वटा प्रदेशमा ५० सेटको दरले स्वास्थ्य सुरक्षा सामग्री (पिपिई) तथा ३० हजारको दरले मास्क पठाएको छ। स्वास्थ्य सेवा विभागका अनुसार गण्डकी प्रदेशबाहेक सबै प्रदेशमा सोमबार पिपिई सेट तथा मास्क पठाइएको हो। गण्डकी प्रदेशमा पनि ५० वटा पिपिई सेट र ३० हजार मास्क पठाउने तयारी भएको विभागले जनाएको छ। पिपिई सेट कोरोना भाइरस संक्रमण भएनभएको परीक्षण तथा घाँटीको ¥याल संकलन गर्ने क्रममा स्वास्थ्यकर्मीले लगाउनुपर्छ। पिपिईभित्र स्वास्थ्यकर्मीले प्रयोग गर्ने गाउन, हेल्मेट, इमर्जेन्सी आइवास, चस्मा, मास्क, पन्जा, बुटलगायतका सामग्री पर्छन्। कोराना भाइरस संक्रमणका बिरामीको उपचार तथा रेखदेखमा संलग्न डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीले पनि पिपिई प्रयोग गर्नुपर्छ। प्रदेश सरकारले भने केन्द्र सरकारले पठाएको पिपिई पर्याप्त नभएको गुनासो गरेका छन्। प्रदेश २ सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले केन्द्र सरकारले पठाएको पिपिई पर्याप्त नभएको बताउदै थप पठाउन माग गरेको बताए। केन्द्र सरकारले स्थानीय तहलाई सोझै पिपिई सेट पठाउने गरेको छैन। स्थानीय तहले सम्बन्धित प्रदेश सरकारसँग माग गर्नुपर्ने केन्द्र सरकारको भनाइ छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्थानीय तहले प्रदेश सरकारबाट मास्क तथा पिपिई लिनुपर्ने बताए। प्रदेशहरूबाट मास्क तथा पिपिई अभाव भएको गुनासो आएको देवकाटोले स्वीकार गरे। ‘पिपिई अभाव भयो भन्ने गुनासो सबै प्रदेशबाट आइरहेको छ। हामी क्रमशः पठाउँदैछौं। स्वास्थ्य सेवा विभाग स्रोतका अनुसार केन्द्र सरकारसँग भएको पिपिई सकिन लागेको छ। दुई महिना यता एक हजार २ सयभन्दा बढी पिपिई सेट प्रयोगमा आइसकेको छ। स्वास्थ्य मन्त्रालयले ३३ हजार पिपिई सेट खरिदका लागि बोलपत्र आह्वान गरेको प्रवक्ता देवकोटाले बताए। स्वास्थ्य सेवा विभागले २८ हजार पिपिई सेट खरिदका लागि २८ करोड रुपैयाँ छुट्याएको छ। हाल देशभर विभिन्न विभाग, सरकारी अस्पताल, स्वास्थ्य चौकी तथा सरकारको मातहतमा करिब २८ हजार स्वास्थ्यकर्मी कार्यरत छन् c ती सबै स्वास्थ्यकर्मी हाल परिचालनमा रहेको नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरिले जानकारी गराए। उनका अनुसार सरकारी निकायबाहेक निजी क्षेत्रमा कार्यतर स्वास्थ्यकर्मीसमेत जोड्दा देशभर करिब ७५ हजार स्वास्थ्यकर्मी परिचालित छन्। ‘सरकारले खटाएको ठाउँमा अहोरात्र खट्न हामी तयार छौं तर हामीलाई पिपिई सेट पर्याप्त उपलब्ध हुनुपर्छ’, स्वास्थ्यकर्मी संघका अध्यक्ष घिमिरले भने। पिपिई सेटअभावमा स्वास्थ्यकर्मी जोखिममा रहेको उनले गुनासो गरे।  एनअेाएन  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार