प्रदेश तहमा प्रयोगशाला परीक्षण नहुँदा सकस…………….

लहान – प्रदेश २ का स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको(कोभिड–१९) नमुना परीक्षणको दायरा बढाउन आवश्यक रहेको सुझाव दिएका छन्। सघन जनसंख्या र खुल्ला नाकाका कारण यो प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा रहेकोले नमुना परीक्षणको बन्दोबस्त प्रदेशमै मिलाउन उनीहरुको सुझाव छ। परीक्षणको दायरा नबढाए एक्कासि थेग्नै नसकिने अवस्था निम्तिन सक्नेतर्फ उनीहरुले सचेत गराएका छन्। प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार प्रदेशमा नमुना परीक्षणको व्यवस्था भए परिक्षणको दायरा बढाउन सहज हुन्छ। यसले मास शंकितलाई परीक्षणको दायरामा ल्याएर जोखिम घटनउन मद्दत पुग्छ, उनले भने। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा आवश्यक उपकरणसहित सेवा प्रयोगशाला परीक्षण सेवा सञ्चालन गर्न ढिला गर्न नहुने उनी बताउँछन्। जिल्ला अस्पताल सिरहाका प्रमुख डाक्टर नागेन्द्र प्रसाद यादवले कोभिड–१९ को परीक्षण गर्ने दायरा नबढाए एक्कासि थप जोखिम हुन सक्ने तर्फ सचेत गराए । ‘ढिला नगरि परीक्षण प्रक्रियालाई सघन बनाउनेतर्फ सक्रिय हुनुपर्छ’ उनले भने। अहिले शंकास्पद बिरामीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउनुपर्छ। त्यहाँबाट परीक्षण रिपोर्ट आउन ढिला हुन्छ। जसले उपचार समेत प्रभावित हुनसक्ने चिकित्सकहरुको भनाइ। स्वास्थ्य चौकी गोलबजारका प्रमुख निरन्जन शाक्यका अनुसार विदेशबाट फर्किएका शंकितहरु स्वास्थ्य जाँचका लागि आउने क्रम बढेको छ। हामीले शंकितहरुलाई स्थानीय स्तरमै क्वारेन्टाइन गरेर कोरोनासँग मिल्दो लक्षण नियालिरहेका छौं, उनले भने। प्रदेशस्तरमै कोरोना भाइरस(कोभिड–१९)को प्रयोगाशाला परीक्षणको व्यवस्था भैदिए सहज र व्यापक परिक्षण हुनेथियो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसका सबै शंकास्पद बिरामीको प्रयोगशाला परीक्षण आवश्यक्ता औंल्याएको छ । पछिल्लो समय हवाइ मार्गमा मात्र नभई नेपाल –भारतका सीमा नाकाबाट समेत धेरै मानिस कोरोना प्रभावित सहरबाट भित्रीएका छन्। प्रवेश गरेकामध्ये शंकास्पद सबैको नमुना परीक्षण गर्नुपर्ने चिकित्सकहरुको राय छ। सरकारले लकडाउन घोषणा गरेकै दिन सिरहा र सप्तरीमा भारतको नाका प्रयोग गरेर ३८ जना भित्रिएको सुरक्षा अधिकारीहरु बताउँछन्। खाडी मुलुकबाट पनि धेरै मानिस फर्केका छन्। विदेशबाट घर फर्केकाहरुको पहिचान गरी तथ्यांक संकलन सुरु गरिएको प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले बताए। लकडाउनकै क्रममा भारत हुँदै घर फर्किरहेका ३८ जनालाई सिरहा र सप्तरीमा क्वारेन्टाइन गरिएको थियो। सरकारले एक दिनका लागि भनेर घर फर्किन दिने भनेपछि उनीहरुलाई स्थानीय पालिकाको जिम्मा लगाएर सेल्फ क्वारेन्टाइनमा बस्नेगरी घर फर्काइएको छ। सिरहाको माड्र स्थित क्वारेन्टाइनमा २३ जना र सप्तरीमा १५ जनालाई क्वारेन्टाइन गरिएको थियो। एनअेाएन  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार