सरकार उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रीत…………..

काठमाडौं- सरकारले कोरोना भाईरसबाट संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रीत भएर काम गरिरहेको स्पष्ट पारेको छ। उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले विहिबार संचारकर्मीसंग कुरा गर्दे संक्रमितको उपचार पहिलो प्राथमिकता भएकाले सोही अनुसार सरकारले काम गरिरहेको स्पष्ट पारेका हुन्। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोख्रेलले आपूर्ति व्यवस्थापन सहज बनाउनुको साथै शान्ति सुरक्षा प्रदान गर्ने विषयमा सरकार गम्भीररुपमा लागेको बताए। संक्रमितको उपचार, विरामीलाई राख्ने आईसोलेसन लगायत कामका लागि आवश्यक मेडिकल सामाग्री अभाव भएकाले तत्काल उपचार प्रभावकारी ढंगल गर्न नसकिएपनि सरकारले छिट्टै सामान आपूर्ति गर्ने विश्वास दिलाए। उनले स्वास्थ्यकर्मीका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामाग्री पिपिई, परीक्षण किट लगायतका स्वास्थ्य आयातमा देखिएका प्रक्रियागत जटिलताको अन्त्य गर्दै सरकारले छिट्टै सामान ल्याउने बताए। उनले भने “ उपयुक्त साधनहरु थिएनन्। ल्याउनुपर्ने थियो। हाम्रो देशमा मात्रै अभाव होइन। दुनियाभर अभाव भएको बेलामा उपचारमा देखा परेका समस्या समाधान गर्न तर्फ सरकार लागेको छ। प्रक्रियागत जटिलताहरु छन्। ती प्रक्रियागत जटिलतालाई तोडेर हामी चाडैनै सामान ल्याउँछौ। त्यसपछि ती सामानहरुलाई प्रदेशतहका हस्पिटलहरुमा पनि पुर्याउछौ। उनले बन्दाबन्दीको अवस्थामा दैनिक उपभोग्य सामान, औषधी, खाद्यान्न, तरकारी, दुध लगायत अत्यावश्यक सामाग्रीका पसलहरु खुल्ला हुने स्पष्ट पारे। उनले विभिन्न पेशासंग सम्बन्धीत दैनिक ज्यालादारी कर्मचारीलाई विदा मिलाई काम नगुम्ने अवस्थाको प्रत्याभुति गर्न ती संस्था, व्यक्ति र फर्महरुसंग सरकारले समन्वय गरिहेकाले कसैले पनि काम गुमाउने अवस्था नरहने दाबी गरे। उनले मुलुककै राष्ट्रिय संकट भएको र सरकार वा पार्टीका लागि मात्रै नभएर आम नागरिककै संकट भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे। उनले नेपालमा बस्ने विदेशी नागरिकको रक्षा नेपाल सरकारले गर्ने भएकाले विदेशमा बसेका नेपालीहरुको पनि सम्बन्धीत देशका सरकारले रक्षा गर्ने भएकाले मुलुकबाहिर बसेका नेपालीहरुको बारे थप गम्भीर बन्नुपर्ने अवस्था नभएको स्पष्ट पारे। एनअेाएन  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार