चैत २५ सम्म लकडाउन थपियो…………..

काठमाडौं- सरकारले लकडाउनको समय बढाएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले चैत लकडाउन गर्ने निर्णय गरेको हो। यो समयमा सीमा नाका समेत बन्द रहने छन्। यस अघि चैत ११ गतेदेखि १८ गतेसम्मको लागि लकडाउन घोषणा गरिएको थियो। आज बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समितको बैठकले सरकारलाई लकडाउन बढाउन सिफारिस गरेको थियो। यस्तै सरकारले कोरोना प्रभावितहरुलाई राहत उपलव्ध गराउने निर्णय गरेको छ। श्रमिकहरुको लगत तयार गर्ने र प्रत्येक स्थानीयतहले कोष खडा गरेर रहात वितरण गर्ने समेत निर्णय भएको छ। निजी विद्यालयहरुलाई एक महिनाको शुल्क मिनाहा गर्नु निर्देशन दिएको छ। यस्तै घरधनीलाई एक महिनाको भाडा छुट गर्न अनुरोध गरेको छ। अहिलेसम्म नेपालमा पाँच जनामा कोरोना देखिएको छ। एक जना भने संक्रमण मुक्त भइसकेका छन्। अन्यको उपचार भइरहेको छ।  एनअेाएन  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार