कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवाको रिर्पोट ‘नेगेटिभ’………..

बुटवल- आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएको युवाको कोरोना परीक्षणको रिर्पोट नेगेटिभ आएको छ। कोरोना विशेष अस्थायी अस्पताल बुटवलमाा उपचारका क्रममा हिजो मृत्यु भएका बाबुराम थापा क्षेत्रीको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा गरीएको नमुना परीक्षणको रिर्पोट नेगेटिभ आएको डा. गौतमले जानकारी दिए। प्रयोगशालामा दुई पटकसम्म गरीएको परीक्षण रिर्पोट अनुरुप मृत्तक थापामा कोरोना संक्रमण नदेखिएको उनले बताए। रुपन्देहीको सैनामैना नगरपालिका ४ मा डेरा गरी बस्ने मृत्तक थापा गत १३ गते आइसोलेसन अस्पतालमाा भर्ना भएका थिए। उनको हिजो दिउँसो मृत्यु भएको थियो। हिजो बिहान उनको थ्रोट स्वाब परीक्षणका लािग टेकु पठाइएको थियो। टेकुले आज रिर्पोट सार्वजनिक गरेको हो। उच्च ज्वरो, रुघाखोकी र स्वासप्रस्वाासमा समस्या देखिएको र उनको ट्राभल हिष्ट्रि अनुरुप आइसोलेसन अस्पतालमा भर्ना गरीएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए। चार दिनअघि आफै रिक्सा चढेर उपचारका लागि अस्पताल गएका ती युवाको मृत्यु के कारणले भयो भन्ने बारेमा भने अस्पतालले अहिले सम्म केही बताएको छैन। ती युवा दुवईबाट चैत ६ गते काठमाडौ ओर्लेका थिए। चैत ७ गते सैनामैना आएका उनलाई आउदाका दिनदेखि नै ज्वरो आएको उनको परिवारले बताएको छ। ज्वरो बढेपछि उनले सुरुमा स्थानीय एक औषधि पसलबाट औषधि किनेर खाएका थिए। उनलाई स्वास फेर्न समस्या भएपछि र रुघाखोकी बढदै गएपछि स्थानीय जनप्रतिनिधि र छिमेकीले चैत १३ गते सैनामैनाकै स्वास्थ्य चौकीमा उपचारका लागि पठाए। स्वास्थ्य चौकीले उनलाई तत्काल आइसोलेसन अस्पताल जान सुझाव दिएपछि धागो काराखानामा बनाइएको आइसोलेसन अस्पतालमा उनी एक्लै रिक्सा चढेर गएका थिए।   एनअेाएन 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार