कोरोना आशंकामा भर्ना भएका दुई जनाको वीर अस्पतालमा मृत्यु…………

काठमाडौं- कोरोना आंशकाकामा रहेका व्यक्तिको वीर अस्पतालमा मृत्यु भएको छ। आइतबार करिब ४० वर्षीया नैकापकी एक महिलाकाे वीर अस्पतालको आइसियुमा मृत्यु भएको हो। भने अर्का एक जनाको सोमबार दिउँसो अस्पतालको इमरजेन्सीमा मृत्यु भएको हो। नैकापका मृतककलाई सशस्त्र बल प्रहरी अस्तालबाट रेफर गरी वीर पठाएको थियो उनमा श्वास फेर्न गाह्राे हुने र ज्वरो आउने समस्या थियो। यसअघि उनमा उच्च रक्तचापको मात्र समस्या रहेको र अन्य समस्या नभएको अस्पताल स्रोतले जनाएको छ। सोमबार मृत्यु भएका ३५ वर्षीय युवकमा पनि श्वास फर्ने र ज्वरोको समस्या थियो। उनको अस्पतालमा ल्याउने वित्तिकै मृत्यु भएको हो। उनमा पनि यसअघि श्वास–प्रश्वासको समस्या नभएको अस्पताल स्रोतले जनाएको छ। उनी चौध दिनअघि भारतबाट नेपाल आएको जानकारी आएको छ। दुवैमा कोरोनाका लक्षण देखिएकोले श्वास परीक्षणको लागि शुक्रराज अस्पताल टेकुमा पठाइएको अस्पतालले जनाएको छ। एनअेाएन 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार