बिक्री हुन छोडेपछि आफन्त तथा छिमेकीलाई सित्तैमा दिन थाले………

खोटाङ – खोटाङका पोल्ट्री व्यवसायी ‘लकडाउन’को मारमा परेका छन्। कोरोना भाइरस ९कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण अण्डा तथा ब्रोइलर कुखुराको मासुले बजार नपाउँदा जिल्लाका पोल्ट्री व्यवसायी मारमा परेका हुन्। दैनिक २० कार्टुन अण्डा र तीन सय केजी अण्डा विक्री हुने दिक्तेल बजारमा हाल अण्डा तथा मासु बिक्री वितरण ठप्प भएको पोल्ट्री व्यवसायी संघका अध्यक्ष सुवास जोशीले बताए। लकडाउन’का कारण हाल जिल्लाका ९÷१० जना अण्डा उत्पादक व्यवसायी र ४० भन्दा बढि ब्रोइलर कुखुरा व्यवसायीले उत्पादन गरेको मासु तथा अण्डाको किनमेल ठप्पजस्तै छ। बिक्री भए पनि न्यून मात्रामा भइरहेको छ। बजार अभावमा हाल दुई सय कार्टुन अण्डा स्टकमा राखिएको छ। यस्तै, मासुका लागि करिब १२ हजार वटा तयारी खुकुरा खोरमै राखिएका छन्। अवधि पुगेको र मासुका लागि तयारी भइसकेको कुखुराले दाना मात्र खर्च गरिरहेको व्यवसायीको भनाई छ। सीमित अवधिभित्र उपयोग गरिसक्नुपर्ने अण्डा तथा मासुलाई लामो समयसम्म स्टकमै राख्दा खेर फाल्नुपर्ने अवस्था आउने त्रिशक्ती पोल्ट्री फर्मका सञ्चालक रहेका जोशीले बताए। सीमित अवधि भएका अण्डा खेर जाने अवस्था भएपछि कतिपय व्यवसायीले सस्तो मूल्यमा र कतिपयले आफन्त तथा छिमेकीलाई सित्तैमा दिने गरेका छन्। ‘लकडाउन हाम्रो जीवनकै सवालमा छ, हाम्रो लागि हो,’ जोशीले भने, ‘अशर त सबैलाई पुगेकै छ, तर व्यवसायीक हिसावले पोल्ट्री व्यवसायीलाई एकदमै तनाव छ। गा¥हो स्थिति छ। जिल्लामा हाल कुखुराका लागि दानाको पनि अभाव छ। ‘लकडाउन’को अवधिमा ढुवानीका सवारी साधन नचलेको तथा दाना उत्पादक उद्योग नै बन्द रहेकाले जिल्लामा दानाको अभाव सुरु भएको रुपाकोट पोल्ट्री फार्मका सञ्चालक राम बजगाईले बताए। व्यवसायीका अनुशार उत्पादन भएको अण्डा २० दिनदेखि महिना दिनभित्र उपयोग गरिसक्नुपर्ने हुन्छ। यस्तै, करिब ४० दिनदेखि बजारमा पु¥याउनुपर्ने कुखुरा ६०–७० दिनभित्र बिक्रीवितरण गरिसक्नुपर्ने हुन्छ। ‘लकडाउन १५ दिन होलान् भन्ने हिसावले दाना स्टक गरिएको थियो, त्यो सकिने अवस्था आयो,’ बजगाईले भने, ‘अहिले अण्डा र कुखुराको स्टक छ, विक्रीवितरण छैन। बिक्री नहुँदा कुखुराले दाना मात्र खर्च गरिरहेको छ।’ अण्डाका लागि दिक्तेलमा करिब पाँच हजार लेयर्स कुखुरा पालिएका छन्। त्यी लेयर्सबाट करिब दैनिक १९ काटन अण्डा उत्पादन हुने गरेको व्यवसायीको भनाई छ।  एनअेाएन 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार