कोरोनाका थप तीनजना संक्रमित फेला, संक्रमितको संख्या ९ पुग्यो…………

काठमाडौं – नेपालमा कोरोना भाइरस(काेभि-१९) का थप तीनजना संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रायले मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुप, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा काेराेना भएकाे पुष्टि गरेको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ। पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि पनि भएको छ। यसअघि विदेशबाट आएका ६ जनामा यसको संक्रमण देखिएको थियो। जसमध्ये एक जना उपचारपछि घर फर्किका छन् भने पाँच जनाको आइसोलसनमा उपचार भैरहेको छ। एनअेाएन   

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार