नेपाली खुद्रा ब्यापारीहरुका लागि च्याम्बर्स द्वारा निशुल्क सेवा

  - बगैचा सम्वाददाता

नेपाल च्याम्बर्स अफ कमर्स हङकङले नेपाली खुद्रा ब्यापरीहरुको सहयोगार्थ आगमी आईतबार हङकङ सरकारले उपलब्ध गराउन लागेको राहत रकम प्राप्त गर्नका लागि निशुल्क आबेदन भर्ने ब्याबस्था मिलाउने भएको छ। च्याम्बर्सका उपाध्यक्ष लब कुमार गुरुङले जानकारी गराए अनुसार च्याम्बर्सले जोर्डन स्थित गैर आवाशिय नेपाली संघको कार्यलयमा अपरान्ह २ देखि ८ बजे सम्म निशुल्क अनलाईन आबेदन प्रक्रिया सम्पन्न गरिने छ।

हङकङमा सन्चालित खुद्रा विक्रेताहरूलाई कोरोनाभाइरस महामारीबाट उत्पन्न आर्थिक कठिनाई माथि सहयोग पुर्‍याउन सरकारले दिन लागेको राहतका लागि अनलाईन आबेदनको अन्तिम मिति आगामी अप्रिल १२ सम्म खुल्ला गरेको छ। उक्त राहत प्याकेज मार्फत खुद्रा ब्यापारीहरुले हङकङ डलर ८० हजार प्राप्त गर्नेछन।
हङकङमा झन्डै १०० को हाराहारीमा नेपाली खुद्रा ब्याबसायी रहेको गुरुङले बताए। उनका अनुसार अहिले सम्म १०% ले मात्र उक्त निबेदन दिएको बताउदै गुरुङले भने ” कतिपय नेपाली ब्यापारीहरु उक्त अनुदान बारे अनभिज्ञ छन, भने कसरी प्राप्त गर्ने भन्ने बारे अन्योलमा छन। कतिपयले त लिन नचाहने समेत भटियो”। उनका अनुसार यो बिपत्तीमा सरकारले दिएको राहत लिन बाट कोहि नेपाली ब्यापारीहरु छुट्न नहुन बताए।

आबेदन दिन आवश्यक कागजातहरु

– म्याद नगुमेको व्यापार रजिस्टेसन प्रमाणपत्रको प्रतिलिपी
– एमपिएफ स्टेटमेण्ट
– भाड़ा तिरेको रसीद
– पानी बिजुली को विल (कुनै एक) वा विल तिरेको अन्य कुनै रसीद ।
– नाम सहित स्पस्ट देखिने हालै खिचेको पसलको फ़ोटो
– पसल वा पसल धनीको नामको बैंक स्टेटमेण्ट द
– इलेक्ट्रोनिक पेमेन्ट रसीद ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार