प्रधानमन्त्री ओलीको नयाँ रणनीति………

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नयाँ खेल सुरु भएको छ। दुई विवादित अध्यादेश जारी गरेसँगै सतहमा देखिएको नेकपाको विवादले नयाँ मोड लिएको छ। नेकपा सचिवालयको बैठक आज साँझ बोलाइएको छ। बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी ओली निकट सांसदहरुले हस्ताक्षर अभियान सुरु गरेका छन्। यसको लागि प्रधानमन्त्री निवास बालुवाटारमा ओली निकट सांसदहरुको भेला समेत भएको छ। भेलामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले संसदीय दलमा बहुमत पुग्ने विषयमा छलफल गरेका थिए। ‘संसदीय दलमा बहुमत पुग्ने विषयमा छलफल भएको छ,’ भेलामा सहभागि एक सांसदले भने, ‘प्रधानमन्त्री त संसदीय दलले बनाउने हो। त्यहीँ छलफल गरौं। संसदीय दलको बैठक बोलाउँ भन्नेमा अधिकांस सांसद देखिएका छन्।’ अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता ओलीसँग असन्तुष्ट छन्। ओलीले एकलौटिरुपमा सरकार र पार्टी चलाउने गरेको उनीहरुको आरोप छ। यो बिचमा दाहाल र नेपाल समूहका छुट्टाछुट्टै भेला समेत भए। ओलीले दुवै नेतालाई फकाउने प्रयास गरे पनि सफल हुन सकेका छैनन्। नेपाल समूहले उधारोमा सहमति नगर्ने भन्दै आइरहेको बेला ओलीले संसदीय दलबाट निर्णायक मोड दिन खोजेका हुन्। प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागिरहेका बेला ओलीले संसदीय दलमा बहुमत पुर्‍याएर एक पद सुरक्षित गर्न खोजेको हुन्। नेकपामा १ सय ७४ सांसद छन् । पूर्वएमालेबाट १ सय २१ र पूर्वमाओवादी समूहका ५३ सांसद छन् । संसदीय दलमा बहुमतका लागि ८८ सांसद भए पुग्छ। हस्ताक्षर अभियानमा सक्रिय भएका एक सांसदका अनुसार अहिलेसम्म ९१ जनाले हस्ताक्षर गरिसकेका छन्। ओलीले हिजो साँझ र वुधबार विहान आफु निकट सांसदहरुसँग छलफल गरेका थिए। दुई अध्यक्षलाई स्थायी कमिटी बैठक बोलाउन माग गर्दै पत्र बुझाइ सकेका छन्। तर ओलीले पार्टी बैठकलाई टार्दै आएका छन्। लामो प्रयास पछि आज साँझ सचिवालय बैठक बोलाइएको छ। उक्त बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गर्ने सम्भावना रहेको छ। तर त्यस अघि नै ओलीले संसदीय दलको नयाँ रणनीति ल्याएका हुन्। सचिवालय बैठकले ओलीलाई निकास दिन दवाव दिनसक्ने अनुमान गरिएका बेला उनले संसदीय दलमा आफुलाई बलियो देखाउने कदम चालेको बुझाई छ। काठमाडौं बाहिर रहेका आफु निकट सांसदहरुलाई पनि बोलाइएको एक संसदले बोलाए। ‘जिल्ला बाहिर रहेकाहरु पनि आउनु भएको छ। र अन्यलाई काठमाडौं आउन भनिएको छ,’ एक सांसदले भने। एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार