हङकङको एभरेष्ट मिडियाले २० औं वार्षिकोत्सव मनायो

१ मे, हङकङ– हङकङबाट संचालित एभरेष्ट मिडियाले केक काटेर आफ्नो २० औं वार्षिकोत्सव मनायो ।
पत्रकार किसन राई सम्पादक तथा प्रकाशक रहेको एभरेष्ट मिडिया अन्तर्गत विगत २० वर्षयता निरन्तर रुपमा प्रकाशन हुदैं आएको हङकङको एक मात्र एभरेष्ट खबर छापा पत्रिका संगै केहि वर्षयता यसले एभरेष्टखबर डटकम अनलाइन समेत संचालनमा ल्याएको छ ।
जोर्डनस्थित कंगन रेष्टुरेण्टमा हङकङबासी नेपाली मिडियाकर्मीहरुको उपस्थिति माझ केक काटेर मनाइएको उक्त कार्यक्रममा डा.चुरा थापा, पत्रकार डम्बरकृष्ण श्रेष्ठ, शिक्षक तथा पत्रकार देवराज राई, आमोद राई, साहित्यकार तथा व्यावसायी कमल पौडेल लगायतले शुभकामना मन्तव्य राख्दै हङकङमा नेपाली भाषा तथा साहित्यको क्षेत्रमा एभरेष्ट मिडियाले खेलेको महत्वपूर्ण भूमिकाको खुलेर प्रशंसा गर्दै निरन्तरताको लागि आफूहरुले सक्दो सहयोग गर्ने वचन समेत दिएका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार