हङकङ फिरेका पाकिस्तानीमा पुन भेटिए कोरोना

  - बगैचा सम्वाददाता

गत हप्ता पहिलो चार्टर उडान मार्फत पाकिस्तान बाट हङकङ आईपुगेका २ पाकिस्तानीहरु बिच कोरोना भाईरस सङ्क्रमण फेला परे पश्चात हप्ता दिन नदित्दै हिजो बुधबार पाकिस्तान बाटै हङकङ फर्केका चार पाकिस्तानीहरुलाई कोरोना सङ्क्रमण भएको आज बिहीवार पक्का भएको छ।
सङ्क्रमित हुनेहरुमा ११-४७ उमेेर बिचका पुरुषहरुहरु रहेका छन। उनिहरु सङ्गै हङकङमा कोरोना सन्क्रमित हुनेहरुको कुल सङ्ख्या १०४५ पुगेको छ।जसमा एक सम्भावित केस समेत समावेश गरिएको छ।

स्वास्थ्य संरक्षण केन्द्रका डा. चूआंग शुक – क्वानका अनुसार उनीहरू सबै कतार एयरवेजको उडान बट दोहा हुदै हङकङ फर्केका थिए। जसमा १०४२ औ केसमा ११ बर्षे केटा रहेको छ उनि फेब्रुअरीको मध्यमा आफ्नो परिवारसँग पाकिस्तान गएका थिए त्यसै गरि केस नम्बर १०४३ का ४७ बर्षिष पुरुष फेब्रुअरीको शुरुमा पाकिस्तान गएका थिए भने २९ बर्षिय केस नम्बर १०४४ का अर्का पुरुष उनैका नातेदार रहेका छन। उनीहरू बिच पाकिस्तानमा भेट भए पनि सङ्गै भने बसेका थिएनन। केश नम्बर १०४५ का ४० बर्षिय अर्का पाकिस्तानी भने अप्रिलको शुरुमा पाकिस्तान गएको थाहा लागेको छ।

समुदायमा भाईरस सङ्क्रमणको जोखिम कम गर्न हङकङ फर्किएका सबलाई अनिवार्य क्वारेन्टाइन केन्द्रमा पठाइने ब्याबस्था रहेको छ।

हङकङमा बिगत १८ दिन बाट स्थानियहरु बिच कुनै सङ्क्रमणहरु देखा परेको छैन।अस्पताल सुत्रका अनुसार बिहिवार १२ बिरामीहरु डिस्चार्ज भएका छ। उक्त सङ्ख्या सहित निको भएर घर फर्कनेहरुको सङ्खा कुल ९४४ पुगेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार