मध्ये रातमा

बादल यायावर

आतंककारी मास्क भिडेर
म निस्किएको छु !
क्वारेन्टाइनको गुफाबाट
कोभिड-१९ विरुद्ध
वैरागी काईलाहरुको एउटा पाईला पनि
नअट्ने यो साँघुरो शहरको गल्लीमा
ठीक मध्यरातको सडकमा उभिएको छु ।

आगोको फूलहरुबाट
देवकोटा सिग्रेट सल्काउदै
अघि बढ्दै
सडकमा
सडकसित अंगालेर बौलाहा काजी उत्तानो परेको छ
पीरलेझै ग्रसित देखिन्छ
उसको आँखा आकाश माथीको छानोमा टोलाईरहेको छ
सपना मसानघाट जस्तै भएको छ

ए मा चिण्डे !
सरकारको लकडाउनलाई उलङ्घन गर्ने ?
क्वारेन्टाइनको गुफामा नबसेर यो सडकसित सहवास गर्न तेरो यत्रो हिम्मत !
लौ जा !
ब्रुसलीको हाई किक जस्तै लातैलात हाने
महमद अलीको ज्याब जस्तै मुड्की मुड्कीले दिए
कोभिड-१९ विरुद्ध
सुईले जताततै रोपि दिए
तर
बहुला काजी हलचल गरेन
बहुला काजी पीडाले छटपटाएन
बहुला काजी डरले भागेन
बहुला काजी !
बरु मुस्कुराउदै ‘प्रभु ! मेरो अन्तिम ईच्छा ।’
एक कागजको टुक्रा दिदै
बहुला काजी एका एक तारा भए ।

म बादल यायावर !
थर थराउदै
कागजको टुक्रालाई पढे
‘प्रभु ! बागमतीको किनारमा मेरी जून जस्ती श्रीमती

कोपिला जस्तै कलकलाउँदो छोराछोरी भोकै छन् ,
अब यी मेरा मृत देहलाई उनीहरूको भोजन गराईदिनु ।’

एक कागजको टुक्राले
म हतास भए
आकाश मै माथी खसे जस्तो
त्रासले आफ्नो गुफामा आए
तर…! तर
भोलिपल्ट सबेरै बिहानीमा
‘कोरोनाले सडकमा एक मानिस लडिरहेको छ’ भन्ने
प्रमुख समाचार आईरहेको थियो ।

हाल काठमाडौ ।

कोरोना भाईरस बिरुद्ध बगैंचा डट फेसबुक पेजबाट प्रत्यक्ष बाचन गरिएको कविता-२ । क्रमश:

संयोजक: मगेन्द्र राई, साथमा- सन्तोष तामङ, डोम राना

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार