हङकङ बाट दुर्गा गुरुङ दम्पतीद्वारा बाजुङ हेल्थ पोष्टलाई स्वास्थ सामग्री सहयोग ।

  सुकमाया तुम्रुक

२९ बैशाख ।

अहिले विश्व नै कोरोना भाईरस महामारीसंग युद्ध लडि रहेको बेलामा हङकङ निवासी गुरुङ दम्पतीले बाजुङ हेल्थ पाेष्टलाई अति आवश्यक स्वास्थ सामग्री पि पि ई ,माक्स र सर्जिकल पन्जा सहयाेग र माेदी गाउँ पालिका बाजुङ वडा नं ५ पर्बतलाई मास्क र नयाँ क्यालेन्डर प्रदान गर्नुभएको छ । पुर्खौलि घर बाजुङ्ग, फलाने गाउँ  लामो समयदेखी हङकङ बस्दै आईरहनु भएको, बिश्व मिलन समाचारका अध्यक्ष ,मिलन फाउन्डेसन नेपालका संरक्षक , पर्बत मंच हङकङका अध्यक्ष दुर्गा गुरुङ मिलन र फाउन्डेसन की अध्यक्ष गंगा कुमारी गुरुङ दम्पती ले  मिलन फाउन्डेसन नेपालद्धारा अहिलेको अवस्थामा अतिनै आवस्यक सामग्री सहयाेग गर्नुभएको हो ।
समाजसेवी दुर्गा  गुरुङ  भन्नुहुन्छ हाल  कोरोनाको महामारीले सबैतिर असर पारीरहेको बेला आफ्नो गाउँ पनि अछुट नरहेको हुनाले गाउँका  स्वास्थकर्मीको लागि पीपीई र पन्जा, गाउँबासी तथा बिरामीको लागि मास्क प्रदान गरिएको बताउनु भयो । वहाँले लकडाउन खोले लगत्तै हङकङबाटै ५ थान पिपिई र टोपी पठाउने जानकारी पनि गराउनु भयो ।

आइतबार एक कार्यक्रमका बीच मिलन फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष देवी गुरुङ र सचिव मदन गुरुङले पाँच थान पीपीई, १ हजार पिस सर्जिकल पन्जा,  १ हजार पिस सर्जिकल मास्क र  १२ सय पिस नयाँ भीत्ते पात्रो
बाजुङ हेल्थ पाेष्ट सानो पाखाका इन्चार्ज गोकुल अधिकारी र पर्बत माेदी गाउँ पालिका वडा नं ५ बाजुङका वडा अध्यक्ष दल बहादुर मल्ललाई संयुक्त रुपमा हस्तातरण गर्नुभएको हो ्र
कार्यक्रमका प्रमुख अतिथि दलबहादुर मल्लले कोरोना कहरको बेला मिलन फाउन्डेसन नेपालका संरक्षक दुर्गा गुरुङ मिलन दम्पतीले बिदेशमा रहेर पनि आफ्नो देश अनि जन्मथलोलाई माया गरि कोरोना विरुद्ध जुध्न र यसको रोकथाम तथा नियन्त्रणका लागि यति धेरै स्वास्थ सामाग्री सहयोग गर्नुभएकोमा गुरुङ दम्पतिलाई आफ्नो र वडाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।
उक्त स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपा बाजुङ गाउँ कमिटी पर्वतका अध्यक्ष राजेश शाही, नेपाली कांग्रेस बाजुङका अध्यक्ष मनबहादुर अधिकारी, बाजुङ हेल्थपोस्ट इन्चार्ज गोकुल अधिकारी र बाजुङ पोखरा सम्पर्क सेवा समिति कास्कीका अध्यक्ष जयबहादुर  (जयलाल)  सुबेडी मिलन फाउन्डेसन नेपाल का सदस्य भुपेन्द्र कुवर , नेपाल बिधुत प्राधिकरण का प्राविधिक  जीवन मल्ल लगायतका अतिथिहरुको उपस्थितिमा वडाबासीको सहभागीता रहेका थिए । सचिव मदन गुरुङले सन्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता फाउन्डेसनकी कार्यबाहक अध्यक्ष देवी गुरुङले गर्नुभएको थियो ।
यस अघि पनि हङकङ निवासी गुरुङ दम्पतीले बाजुङ हेल्थपोस्टलाई ४० हजार बराबरको फोटोकपी मेसिन १ थान ,ह्वील चियर १ थान ,स्ट्रेचर १ थान , डिजिटल ब्लड प्रेसर मेसिन १ थान, तापक्रम नाप्ने गन १ थान , सुगर टेस्टर मेसिन १ थान र १५ सय वटा किड , ईएनटी सामाग्री १ बक्स र एडजस्टिङ बेड १ थान लगायत विभिन्न प्रकारका औषधि तथा स्वास्थ सामाग्रीहरु वितरण गर्दै आइरहनु भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार