यो बर्ष धर्तिमा

नरजित राई, हङकङ

 

मानवहरुलाइ के दशा आइ लाग्योरु

बिश्वभर माहामारी फैलिएको छ।

सम्पुर्ण देशहरु स्तब्ध र आतंकित छन

बिज्ञान र बैज्ञानिकहरुलाइ चुनौती थपिएको छ

यो माहामारि घट्दो होइन झन झन बड्दो छ

हरेक मानवहरुलाइ त्रसित पारिरहेको छ

माइक्रोसकपिक कोभिड्-१९ ले

 

मानव शरीर भित्र प्रवेश गर्यो कि

पुनः उठेर धरती देख्छु भन्नै नसकिने

स्वास प्रस्वास प्रणाली फोक्सोलाइ नै

नाची नाची हासी हासी खाइदिने

मानव जिन्दगी सबभन्दा चेतनशील

आज निरही झै हुनु परिरहेछ

दिन दिनै हजारौ मानवहरुलाइ ढालिरहेछ्न

लाखौलाइ ढाल्न पनि तयार पारिरहेछ

माइक्रोसकपिक जीवाणु कोभिड-१९ ले

 

कसैलाइ छाड्न नमान्ने रहेछ

शक्तिशाली देश होस या कम बिकाशितहरु

नेता होस या राजनेताहरु

अकुत सम्पतिवाला होस या गरिबहरु

बृध्दा होस या बालकहरु

अग्लो होस या पुड्कोहरु

कालो होस या गोरो मानवहरु

खप्खपी चप्चपी चपाइरहेका छ्न

मानवहरुका अभिन्न अङ्ग फोक्सोलाइ

माइक्रोसकपिक जीवाणु कोभिड-१९ ले

 

यो जैविक हो कि प्राकृतिक

धरतिलाइ नै कर्फ्यु लगाइरहको छ

अस्त ब्यस्त छ मानव रहन सहन

आफू र आफन्त बिच पनि परपर हुनु पर्ने

लकडाउन नै यसको औसधि हुनु पर्ने।

हात नधुनेलाइ धुने बनाइ दिएकोछ

महला लगाउन अनिवार्य भएकोछ

सेन्टिलाइजरले हातलाइ मालिस गर्नु पर्ने

कस्तो अकल्पनीय जीवाणु कोभिड-१९

 

धरतिका मानवहरु

चिकित्सकहरुको सल्लाह र सुझावहरुलाई

सधै र सबैले आत्मसात गरौं

आफू र अरुलाइ पनि बचाउ

कोभिड-१९ जीवाणुहरबाट

कोभिड-१९ को संक्रमणबाट

 

कोरोना भाईरस बिरुद्ध बगैंचा डट फेसबुक पेजबाट प्रत्यक्ष बाचन गरिएको कविता-२ । क्रमश:

संयोजक: मगेन्द्र राई, साथमा- सन्तोष तामङ, डोम राना

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार