नेपालका ४१ जिल्लामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९१ पुग्याे……

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण पछिल्ला केहि दिनमा नेपालमा पनि वढ्दो क्रममा देखिएको छ । शनिबार साझसम्म थप ६८ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा २७, सर्लाहीमा १३, कपिलवस्तुमा ११, रूपन्देहीमा ११, बैतडीमा ४, सुर्खेतमा ३, दाङ,काठमाडौं, चितवन, बारा, बर्दिया र झापा जिल्लामा १/१ जना गरि शनिबार मात्र ७५ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो एक सातामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ५०९ जना अइसोलेसनमा उपचाररत छन् । ७९ जना भने उपचारपछि निको भएर घर फर्केका छन्। नेपालमा पहिलो संक्रमित माघ ९ गते देखिएको थियो । हालसम्म नेपालका ७७ जिल्लामध्ये ४१ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन्। बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या १४२ पुगको छ । त्यस्तै बाँकेपछि पर्सामा ९१ जना कोरोना संक्रमित फेला परेका छन्। प्रादेशिक तथ्यांक हेर्दा सबै भन्दा बढि प्रदेश ५ मा २७८ जना र प्रदेश २ मा १७२ जना कोरोना संक्रमित भेटिएका छन् भने कर्णालीमा प्रदेशमा चार जना मात्र कोरोना संक्रमित भेटिएका छन् । प्रदेश ५ र प्रदेश २ कोरोना संक्रमणबाट बढी प्रभावित छ। दिनानुदिन कोरोनाको संक्रमितको संख्या बढ्दै गएपछि त्यहाँका मानिसहरूमा त्रास पनि बढेको छ । साथै लकडाउनमा पनि थप कडाइ गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ को उदयपुरमा ३३, झापामा ३६, भोजपुरमा १, धनकुटामा ७, खोटाङमा १, सुनसरीमा ३ र मोरङमा ५ गरेर ८६ जना संक्रमित भेटिएका छन् भने २६ जना उपचारपछि घर फर्केका छन् । जसमध्ये उदयपुरका २३ जना, झापाका २ र भोजपुरका १ जना छन् । त्यस्तै प्रदेश २ को धनुषामा ९, पर्सामा ९१, बारामा ११, महोत्तरीमा ३, रौतहटमा २२, सप्तरीमा २, सिरहामा १ र सर्लाहीमा ३३ गरि १७२ जना संक्रमित पुष्टि भएका छन् भने १६ जना उपचारपछि घर फर्केका छन् । जसमध्ये धनुषाका १, पर्साका ७, रौतहटका ४, बाराका ३ र सर्लाहीका १ जना छन् ।प्रदेश ३ को काठमाडौंमा ११, काभ्रेपलान्चोकमा १, सिन्धुपाल्चोकमा १, भक्तपुरमा ३, चितवनमा ६, धादिङमा ३, मकवानपुरमा ३, ललितपुरमा १, सिन्धुलीमा १ र रामेछापमा १ जना गरि ३२ जनामा कोरोना संक्रमण देखिएको छ भने ९ जना डिस्चार्ज भएका छन्। जसमध्ये काठमाडौंका ४, भक्तपुरका २, चितवनका २, धादिङका १ जना छन्। हालसम्म प्रदेश ३ मासिन्धुपाल्चोककी १ महिलाको मृत्यु भएको छ । त्यस्तै प्रदेश ४ (गण्डकी) को बागलुङमा २, लमजुङमा १ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २ जना गरी ५ जना संक्रमित भेटिएका छन् भने बागलुङका २ जना निको भएर घर फर्केका छन् । प्रदेश ५ को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ६, बर्दियामा ३, दाङमा ६, गुल्मीमा १, बाँकेमा १४२, रुपन्देहीमा ४०, कपिलवस्तुमा ८५ जना गरि २७८ जना कोरोना संक्रमित पुष्टि भएको छ । यसमध्ये २२ जना डिस्चार्ज भएका छन् । जसमा बाँकेका २१ ररुपन्देहीका १ जना छन्। हालसम्म प्रदेश ५ मा २ जनाको कोरोनाबाट मृत्यु भएको छ । जसमा बाँके र गुल्मीका २ पुरूष छन्। प्रदेश ६ (कर्णाली)को सुर्खेतमा ३ र दैलेखमा १ जना गरि चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै प्रदेश ७ (सुदुरपश्चिम)को कैलालीमा ७, डडेलधुरामा १, वैतडीमा ५ र कञ्चनपुरमा १ गरी १४ जनामा संक्रमित पुष्टि भएको छ भने ५ जना निको भएर घर फर्केका छन् । जसमा कैलालीमा ४ र कञ्चनपुरमा १ जना छन्। एक महिनापछि सुदूरपश्चिममा फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार कैलालीमा ३ जना, डडेल्धुरा र बैतडीमा १/१ जना कोरोना संक्रमित थपिएका हुन् । हालसम्म सबैभन्दा कम उमेरका २ महिनाको शिशुमा र बढीमा ८१ वर्षिया बृद्धामा कोरोना पुष्टि भएको छ । सबैभन्दा बढी बाँके र पर्सा प्रभावित छन् । खुल्ला नाका भएर त्यहाँ भारतबाट चोरी नाका हुँदै आवतजावत भइरहेको छ ।  एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार