थप १९ जनामा कोरोना संक्रमण……

थप १९ जनामा कोरोना संक्रमण भएको छ। आइतबार मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटकामा नयाँ विरामी भेटिएका हुन्। यो सँगै कुल ६०३ जनामा कोरोना पुष्टि भएको छ। जसमा ५२४ जना पुरुष र ७९ जना महिला छन्। अहिलेसम्म ४२ जिल्लामा संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताइ। नुवाकोट कोरोना देखिएको नयाँ जिल्ला हो। आज नै नारायणी प्रदेशिक अस्पतालबाट ७ जना व्यक्ति कोरोना मुक्त भएर भएका छन्। अहिलेसम्म जम्मा ८७ जना कोरोना निको भएर घर फर्केका छन् भने ३ जनाको मृत्यु भएको छ। एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार