पुर्व प्रमुख कार्यकारी भन्छन् – “देश नै नरहे घर कहा रहला? नयाँ सुरक्षा कानून लागू भए पछि हङकङमा शान्ति र सद्भाव फर्किनेछ”

  - बगैचा सम्वाददाता

पुर्ब प्रमुख कार्यकारी तुङ चि ह्वा

पूर्व प्रमुख कार्यकारी तुंग ची-ह्वा ले हङकङका लागी राष्ट्रिय सुरक्षा कानून पारित गर्ने बेजिङको कदमलाई हङकङको दिर्घकालीन समस्याहरूको समाधानको लागि “उत्तम उपचार” भनी ब्याख्या गरेका छन। सरकार बिरुद्दको हिंसात्मक गतिविधिले हङकङका जनताहरु थकित र आजित भएको तुङले बताएका छन। तुङले भने ”
“देशै नरहे घर कहा रहला?, तसर्थ देश र घर बचाउन राष्ट्रिय सुरक्षा कानून लागू गर्न जरुरी छ, जसले हङकङको शान्ति, समृद्धि ,सद्भाव र स्थायित्व फर्काउने छ”। तुङका अनुसार उक्त कानुनले जनताको अधिकार र स्वतन्त्रताको हनन नहुने दाबी गर्दै बरु त्यसले “एक देश, दुई प्रणाली” लाई अझ सुदृढ पार्ने बताएका छन। तुङले अधिकांश हङकङका मानिसहरूलाई नयाँ राष्ट्रिय सुरक्षा कानूनको बारेमा डर नमान्न आग्रह गर्दै राष्ट्रिय जन कांग्रेसले यस मस्यौदामा केवल गम्भीर अपराध गर्ने अल्पसंख्यकलाई मात्र लक्षित गरेको बताएका छन। तुङ चिनियाँ जनताको राजनीतिक परामर्श सम्मेलन ( सिपिपिसिसी) का उपाध्यक्ष पनि हुन। साथै उनि हङकङका १५ औ धनाढ्य अर्बपति हुन।

यसैबीच बेजिङमा नेसनल पिपुल्स कङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झान्शुले राष्ट्रिय सुरक्षा ऐन बनाउनुको तात्पर्य विशेष प्रशासनिक क्षेत्र हङकङलाई कानूनमा आधारित प्रशासन चलाउने कदम हो भन्ने कुरा बताएका छन।

ली ले नेसनल पिपुल्स कङ्ग्रेस का तिन हजार प्रतिनिधिहरुलाई आफ्नो कार्य प्रतिबेदन पेश गर्दै प्रस्तावित सुरक्षा कानूनलाई बेजिङले बिहीबार मतदानका लागी राखिने आपेक्षा गरेको बताएका छन।

बेजिङले प्रस्ताव गरेको सुरक्षा कानुन विरुद्ध गत आइतबार हङकङमा हजारौं मानिसले प्रदर्शन गरेका छन्।उक्त हिंसात्मक झपडमा १२० प्रदर्शनकारीहरु पक्राउ परेका छन भने १९ जना घाईते भएका थिए, जसमा ५१ बर्षिय नेपाली महिला समेत रहेको अस्पताल सुत्रले बताएको छ। तिनि सरसफाई कम्पनीमा कार्यरत थिइन। प्रदर्शन नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गर्दा आफ्नो ब्यक्तिगत सुरक्षाको लागी भागदौड हुदा क्यानल रोडको सार्बजनिक शौचालयमा बिरामी अवस्थामा फेला परेकी बताईएको छ। तिनलाई हृदयघात हुन सक्ने आशङ्का गरिएको छ। वान चाइ स्थित रतोन्जी अस्पतालमा शल्यक्रिया भएको तिनको स्थिती चिन्ताजनक रहेको अस्पतालले बताएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार