बांचे गाउँ छिर्ने हो

मोति चाम्लिङ, हङकङ

 

अब फेरि त्यो

स्याल धोती फूल

आंगनमा फुलेको हेर्न

बर्शौं पछिका गुनासाहरु

नाङ्लो भरी फिजारेर

मन सिलाउंदै केलाउन

आतुर छ मन

चुहिएको बलेंसिबाट

बर्षे झरी सिकुवाबाट

छल्दै लुत्त घर भित्र छिर्न।

 

भाग्यमा लेखिएको छ भने

उहिलेका दुख र बेदनाका कथा

आंग चिलाएर फेरि कन्याउदै

मनमुटुबाट आलै ओकलेर

छांदमारीको हिक्कामा

संगित भरेर एउटा

चनाखो सिपाहिले

चांदमारी परेड खेल्न

आइपुगौंला गोदावरी नफक्रदै

ए सिम्मौ!

सयपत्रीको सुनौला रंगसंगै

तिरतिरे धाराको संगितसंगै

फेरि एकपटक

गाउँ रमांउला।

 

कोरोना भाईरस बिरुद्ध बगैंचा डटकम फेसबुक पेजबाट प्रत्यक्ष बाचनका गरिएको कविता।

संयोजन: मगेन्द्र राई

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार