थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो……

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २०९९ रहेको थियो । यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार विराटनगरमा भएको परीक्षणमा धनकुटाका १ जना, धरानमा भएको परीक्षणमा सप्तरीका १, ताप्लेजुङका ३, झापाका १, पाँचथर १ जना र सुनसरीका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसैगरी नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १ र सल्यानका २ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोसी अस्पतालमा गरिएको परीक्षण्मा मोरङका २, झापा १ जना, तेह्रथुमका १ सुनसरी १ जनामा कोरोना पोजेटिभ देखिएको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना र डोटीका २ जनामा संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताए । यसैगरी रुपन्देहीमा भएको परीक्षणमा ९५ जनाको पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका ६७, पाल्पाका २ जना र रुपन्देहीका २६ जना रहेका छन् । जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका ६ र कालिकोटका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ५, प्युठानका २ र सल्यानका १ जनामा पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा धनुषाका १, कपिलवस्तुका २ जना, काठमाडौंका ३ जना, नवलपरासीका ८ जना, रौतहटका ११ जना, रुपन्देहीका १ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । बुधबारसम्म नेपालमा ६४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । बुधबारसम्म पीसीआर विधिबाट ८० हजार २ सय ६७ र आरडिटी विधिबाट १ लाख २० हजार ३ सय ७९ वटा परीक्षण भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय २४ र आरडिटी विधिबाट ४ हजार ३४ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । यस्तै हालसम्म ९ जनाको मृत्यु भएको छ । बुधबार नै दोलखाका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएसँगै मृतकको संख्या ९ पुगेको हो । रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार