हङकङमा एक नेपाली युवाको मृत्यु

  - बगैचा सम्वाददाता

मृतक सन्जोक श्रेष्ठ

   हङकङमा एक नेपाली टिनएजर युवाको मृत्यु भएको छ। स्थायी घर झापा सुरुङ्गा भै हाल वान चाई मा बसोबास गर्दै आएका सत्र बर्षिय सन्जोक श्रेष्ठको गत मङ्गलबार साझ मृत्यु भएको हो । गम्भिर अवस्थामा फेलापरेका उनलाई अस्पताल पुर्याउदा मृत्यु घोषणा गरिएको थियो। उनलाई हाल केनेडी टाउन स्थित भिक्टोरिया सार्वजनिक शबगृहमा राखिएको छ।

    झापा मन्चका उपाध्यक्ष राजु चाम्लिङका अनुसार  पोस्टमोर्टेमको नतिजा नआए सम्म मृत्यु कारण नखुल्ने बताएका छन ।
मृतक हङकङ मै जन्मिएर हङकङ मै अध्यायन गर्दै हुर्कदै थिए । उनि आफ्ना दाजु र आमा सङ्ग वान चाई मा बस्दै आएका थिए। उनका आमा हाल लकडाउनको कारण नेपाल मै रहेको चाम्लिङले बताएका छन।

     केहि समय अगाडी सोहि क्षेत्रमा बसोबास गर्दै आएकी एक नेपाली महिलाले भवनको छतबाट हाम फाली आत्महत्या गरेकी थिईन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार