थप एक जनाको कोरोनाका कारण मृत्यु, मृतकको संख्या १० पुग्यो……

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पाल्पालका ४५ वर्षिया पुरुषको मृत्यु भएको हो। भारतबाट आएका ति व्यक्ति स्थानीय क्वारेन्टिनमा थिए। स्वास्प्रस्वासमा समस्या भएपछि उनलाई पाल्पा मिसन अस्पताल ल्याइएको थियो। त्यहाँ नै उनको जेठ २० गते मृत्यु भएको देवकोटाले बताए। मृतक व्यक्ति पाल्पाको पूर्वखोला गाउँपालिका सिलुवाका हुन्। यस्तै पछिल्लो २४ घण्टामा ३३४ जना कोरोनाका विरामी थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको हो। नयाँ संक्रमितमा ३१९ जना पुरुष र १५ जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। यो सँगै कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ। अहिलेसम्म उपचार पछि निको भएर २९० जना घर फर्केका छन् भने ९ जनाको मृत्यु भएको छ। एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार