बेलायतमा मानिसमाथि कोरोना भ्याक्सिन परीक्षणको तयारी……

बेलायतमा कोरोना भ्याक्सिन व्यक्तिमाथि परीक्षण गर्ने तयारी सुरु गरिएको छ । लण्डनको इन्पेरियल कलेजमा ३ सय व्यक्तिमाथि यो ट्रायल गरिनेछ । इन्पेरियल कलेज लण्डनमा हुने यो ट्रायलको नेतृत्व प्राध्यापक रोबिन शटोक गरिरहेका छन् । यो भ्याक्सिनको जनावरमाथि ट्रायल सफल रहेको छ बताइएको छ र यसले रोग प्रतिरोधी क्षमतालाई थप राम्रो बनाउन मद्दत मिल्नेछ । हाल संसारभरी १२० स्थानमा कोरोनाको भ्याक्सिन बनाउने प्रयास गरिँदैछ । तीमध्ये १३ स्थानमा यो क्लिनिकल ट्रायलसम्म पुगेको छ । यी १३ स्थानमध्ये पाँच चीन, तीन अमेरिका र दुई बेलायतमा छ । जबकी अष्ट्रेलिया, रुस र जर्मनीको एक–एक स्थानमा ट्रायल चलिरहेको छ । स्रोतः बीबीसी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार