दुर्गा गुरुङ्द्धारा खोप केन्द्रलाई आर्थिक सहयोग ।

  सुकमाया तुम्रुक

 

१२ असार काठमाडौ ।

                पर्वतको मोदी गाउँपालिका वाउसेस्थित निर्माणाधिन सामुदायिक खोप केन्द्रलाई दुर्गा गुरुङले आर्थिक सहयोग गर्नुभएको छ ।

              हङकङलाई कर्मथलो बनाएर आईरहेको गुरुङले खोप केन्द्रलाई रु. १ लाख एक हजार दुई सय सहयोग गर्नु भएको हो ।
राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवीहरुको रोहवरमा समाजसेवी गुरुङसहित मिलन फाउण्डेसन नेपालमार्फत प्रदान गरिएको सहयोग रकम निर्माणाधिन खोप केन्द्रका सचिव धर्मादत्त शर्मालाई हस्तान्तरण गरेका छन् ।

समाजसेवी गुरुङले आफ्नो कमाईबाट निःशुल्क रुपमा उनको गृहजिल्ला पर्वत, पाल्पा, कास्की, लमजुङ र चितवनलगायतका ठाउँहरुमा सहयोग गर्दै आउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार