फैलियो सलह किरा……

शनिबार विहान देखिएको सलह किरा सिन्धुली देखी रुपन्देही सम्म फैलिएको पाइएको छ । कृषि तथा पशुपंक्षि विकास मन्त्रालयले शनिार राखेको भर्चुअल बैठकमा सर्लाही, वारा, पर्सा र रुपन्देहीमा भेटिएको किरा सलह पुष्टि भएको बैठकमा सहभागी नार्कका वरिष्ठ बैज्ञानिक अजय श्री रत्न बज्राचार्यले जानकारी दिए । उनले मकवानपुर क्षेत्रबाट पनि जानकारी आए पनि त्यसको पुष्टि नभएको जानकारी दिए । उनले प्रभावित जिल्लाबाट आएका भिडियो हेर्दा सानो झुण्डमा पाइएको बताए । बारा र पर्साका केही स्थानमा शनिबार विहान देखी सलह किरा देखिएको थियो । कृषि ज्ञान केन्द्र वाराका सूचना अधिकारी राम जीवन ठाकुरले सलह किरा त्यस क्षेत्रमा भेटिएको बताए । ‘कस्तो खालको सलह किरा हो भनेर परीक्षणका लागि हामीले लिएर आएका छौं, कृषि ज्ञान केन्द्र प्रमूख जितेन्द्र यादवको नेतृत्वमा फिल्डमा प्राविधिक टोली पुगेको छ,’ उनले भने, ‘विहान पानी परेको कारण किराहरू लुकेको पाइएकोले अब घाम लागे पछि देखिन्छ कि अनुमान गरिएको छ ।’ उनले वाराको डुमरवाना र निजगढ क्षेत्र र पर्साको गढी नगरपालिका क्षेत्रमा सलह किरा भेटिएको बताए । उनले किराहरू केही उडेको र कोही यत्तिकै बसेको अवस्थामा भेटिएको भए पनि केही विनास गरेको नपाइएको बताए । शनिबार विहान साढे सात देखी आठ बजेको समयमा भारतको विहार हुँदै भैरहवा देखी नवलपुर क्षेत्रबाट प्रवेश गरेको हुनसक्ने सहल किरा नियन्त्रणका लागि सरकारले गठन गरेको प्राविधिक समितिमा संयोजक तथा प्लान्ट क्वारेन्टिन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईले नागरिकलाई बताए । ‘आएको जानकारी भए पछि कृषि ज्ञानकेन्द्रसँग समन्वय गरेर प्राविधिकहरू पठाएका छौं, थप जानकारी आउन बाँकी छ,’ उनले भने, ‘अहिले किरा यत्तिमै रुख र भुईंमा बसेको जानकारी आएको छ, सलह हो या त्यही प्रजातिको किरा हो अनुन्धान गर्दै छौं ।’ उनले बथान कति ठुलो छ एकिन नभएकोले भारतबाट बथान फुटेर तितरवितर भएर आएको हुनसक्ने बताए । उनले भने, ‘हामीलाई प्राप्त केही फोटो र भिडियो छन् तर ति स्पष्ट भएनन्, थप छलफलमा हाम्रो प्राविधिक समिति जुटेको छ ।’ श्राेत: एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार