करोडौको संख्यामा रहेको सलहको ठूलो झुन्ड कपिलवस्तुमा……

बालीनाली सखाप पार्ने फट्यांग्रा जातका कीरा सलह कपिलवस्तुमा पनि करोडौ संख्याको झुन्डमा भित्रिएका छन् । भारतको सिद्धार्थनगर जिल्ला हुँदै जिल्ला भित्रिएका हुन । लुम्बिनीदेखि पश्चिम कपिलवस्तुका लवनीदेखि सदरमुकाम तौलिहावा तथा शिवराज नगरपालिकासम्म करोडोै संख्यामा रहेको सलहको झुन्ड दिउँसो चारबजेतिर कपिलवस्तु भित्रिएका हुन । सलह भित्रिएपछि किसानहरु आतंकित भएका छन । शुक्रबार भारतका बिभिन्न स्थानबाट नेपालका केही पूर्वी जिल्ला र रुपन्देही हुँदै पहाडी जिल्ला तर्फ सलहको झुन्ड लागेका छन् । दुई घन्टा जति जिल्लामा देखिएको झुन्ड अर्खाखाची तर्फ लागेका थिए । शनिबार बिहानैदेखि सर्लाही, बारा, बुटवलमा देखा परेका सलहको हुल अहिले पहाडका विभिन्न जिल्लामा पुगिसकेका छन् । कराेडाैकाे संख्यामा रहेका सलहको झुन्डले जिल्लाको आकाश नै ढाकेको स्थानीय रबि ठाकुरले बताए । ‘करोडौ संख्यामा उडेर आएका सहलको झन्ड २ घन्टा जति कपिलवस्तुमा बिताएर अर्घाखाँचीतर्फ लाग्यो ’ उनले भने, ‘सलह रुख र बिरुवामा आधा घन्टा भन्दा कम बसेको थियो ।’ अधिकांस समय आकाश मै उडेर जिल्लाको उत्तरी क्षेत्र बाणगंगा हुँदै अर्घाखाँची तर्फ लागेका छन् । कपिलवस्तुमा कराेडौै संखयामा रहेका सलहको ठूलो झुन्ड कपिलवस्तमा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र तौलिहवाका प्रम्ख रामचत्न्द्र अर्याले बताए । ‘सहल धेरै बेर बसेनन अधिकांस समय आकाश मै रहकाले बालीनालीमा त्पत्ति धेरै क्षति भएन ’ उनले भने । तौलिहावा बजारमा आईतबार साँझ कराेडौकाे संख्यामा रहेको सलहको झुन्डले ढोकेको तौलिहावका स्थानीय सुदीप पौडेलले बताए । आईताबार साँझ छिमेकी देश भारतको सिद्धार्थनगर जिल्लमा हुँदै सलह कपिलवस्तु प्रबेश गरेको हो । सहल भित्रिए पछि त्यसलाई भगाउन ठाउँ ठाउँमा स्थानीयबासीले छत र घरमा बसेर एक घन्टा भन्दा बढी भाँडा समेत बजाएका थिए । स्थानीय नारायण पौडेलले भाँडाको आवाजले सलह बालीनालीमा नआउने भएकाले बजाएको बताए । प्रजिअ दीर्घ नारायण पौडेलले कपिलवस्तमा करोडको संख्यामा रहेको झन्ड भित्रिएको बताए । ‘सलह धेरै बेर नरुकेकोले त्यति क्षति नभएको देखिन्छ ’ उनले भने । क्षतिको बिवरण संकलन नर्ग कृषि ज्ञान केन्द्रलाई निर्देशन दिईएको उनले बताए । फट्याङग्रा वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाका इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो । नेपालमै पहिलोपटक शनिबार बिहान सलह कीरा देखिएको थियो । सलह कीराले बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पुर्‍याउने जानकारले बताएका छन् । विज्ञका अनुसार करोडौंको संखयामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह कीरा एकै दिनमा ढेड सय किलोमिटरभन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्‍याउने विज्ञले बताएका छन् । श्राेत: एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार