चीनको बेइजिङ नजिक हिबेईका चार लाख व्यक्ति लकडाउनमा……

चीनले राजधानी बेइजिङ नजिकैको हिबेई प्रान्तमा कोरोनाका संक्रमित देखिएपछि कडा लकडाउन गरिएको छ । यो लकडाउनका कारण करिब चार लाख व्यक्ति प्रभावित हुनेछन् । यो लकडाउन हिबेई प्रान्तको एनशिनमा लगाइएको छ, जुन राजधानी बेइजिङ नजिक छ । गत वर्षको अन्त्यमा चीनबाटै कोरोना संक्रमणको सुरुवात भएको थियो तर त्यसपछि चीनमा संक्रमणको मामिला कम भइरहेको छ । तर संक्रमणको दोस्रो लहरको आशंकाका कारण कोरोनाका केही संक्रमित पनि सरकारलाई सतर्क गरिरहेको छ र चीनको स्वास्थ्य अधिकारीले यसलाई निकै गम्भीरताका साथ लिइरहेका छन् ।

हिबेईमा के भइरहेको छ ?

अधिकारीले आइतबारको घोषणा गर्दै एनसिनलाई पूर्ण रुपमा घेराबन्दी गरिने र यहाँ हरेक कुरा नियन्त्रण गरिने छ । अत्यावश्यक सेवासँग सम्बन्धित व्यक्तिलाई मात्रै बाहिर जाने अनुमती हुनेछ जबकी घरका आवश्यक सामान खरिद गर्नका लागि दिनभरी एक व्यक्ति मात्रै बाहिर निस्कन सक्नेछन् । कुनै पनि बाहिरी व्यक्तिलाई कसैको घर, कुनै समुदाय र कुनै गाउँमा जाने अनुमति दिइनेछैन । यदि नियमको उल्लंघन भए प्रहरीले ती व्यक्तिलाई सजाय दिइनेछ । एनशिन राजधानी बेइजिङबाट १५० किलोमिटर दक्षिणमा छ । दुई हप्ता अघि बेइजिङमा कोरोनाका नयाँ संक्रमित सुरु भएपछि एनशिन काउन्टीमा पनि १८ संक्रमित भेटिएका छन् । यी इलाका चीनको अन्य शहरको तुलनामा धेरै भीडभाडयुक्त छैन । तसर्थ स्थानीय स्वास्थ्य विशेषज्ञले यहाँ संक्रमण फैलनबाट रोक्न सकिने आशा व्यक्त गरेका छन् । बेइजिङमा कस्तो स्थिती छ ? थुप्रै देशको तुलनामा कोरोना संक्रमितको संख्या चीनमा निकै कम छ । तर हालै राजधानी बेइजिङमा संक्रमणको संख्याले अधिकारी चिन्तित छन् । पछिल्लो २४ घण्टामा बेइजिङमा कोरोनाका १४ नयाँ संक्रमित भेटिएका छन् । जूनको मध्यबाट एक फूड मार्केटबाट सुरु भएको संक्रमणको संख्या अब बढेर ३११ पुगेको छ । यद्यपि, यो अमेरिका र अन्य थुप्रै देशको तुलनामा निकै कम संख्या हो तर बेइजिङको मामलामा चिनियाँ अधिकारीले संक्रमणलाई रोक्नका लागि तीब्र रुपमा कदम उठाए । बेइजिङको वरिपरिका थुप्रै इलाकामा विभिन्न प्रकारको प्रतिबन्ध लगाइएको थियो । मानिसहरुको आवत–जावत सिमित गरिएको थियो र ठूलो परिमाणमा परीक्षण सुरु गरिएको थियो । स्रोतः बीबीसी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार