साउन ७ सम्म लकडाउनको मोडालिटी अहिलेको जस्तै……

सरकारले लकडाउन खुकुलो मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेको मोडललाई साउन ७ सम्म निरन्तरता दिने निर्णय गरेको हो। अहिले सार्वजनिक सवारी सधान चलेका छैनन् भने निजी सवारीमा समेत जोर विजोर प्रणाली अपनाइएको छ। अन्तराष्ट्रिय र आन्तरिक हवाई सेवा बन्द छ। यस्तै शैक्षिक संस्थाहरु पनि बन्द छन्। केन्द्रसँग समन्वय गरेर प्रदेश र स्थानीय सरकारले आफ्नो क्षेत्रको लकडाउन कस्तो बनाउने भन्नेबारे निर्णय गर्न सक्ने जनाइएको छ। जेठ २८ मा बसेको मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खोल्ने निर्णय लिएको थियो । श्राेत: एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार