काठमाडौंमा १२ जनामा कोरोना पुष्टि……

काठमाडौंमा थप १२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५ महिला र ७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। उपत्यकाका ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा पनि कोरोना पुष्टि भएको छ। नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ। मंगलबार थप एक सय ८१ जना डिस्चार्ज भएका छन्।  श्राेत: एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार