उपत्यकाका १७ जनासहित थप ४८२ जनामा कोरोना संक्रमण……

बुधबार नेपालमा ४८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । याेसंगै संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । काठमाडौं उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो । श्राेत: एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार