मास्क नलगाएको प्रश्नमा के भन्छन् डोनल्ड ट्रम्प ?……

एक दिनअघि रुसमा चुनावका बेला राष्ट्रपति भ्लादिमिर पुटिनको एउटा तस्बिर चर्चामा आयो । खबर बन्नुको एउटा कारण थियो – पुटिनले मास्क नलगाउनु । यसका लागि उनको आलोचना पनि भयो । कोरोनाभाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेका बेला मास्क लगाउनु अत्यावश्यक भएको भन्दै राष्ट्रपति पुटिनले कसरी यस्तो गर्न सक्छन् भनेर थुप्रैले प्रश्न उठाए । उनी जुन हलमा उपस्थित थिए त्यहा सबैले मास्क लगाएका थिए तर उनले भने लगाएका थिएनन् ।प्राविधिक रुपमा भन्ने हो भने उनले मास्कमाथि लगाइएको नियमको उल्लंघन गरेका छन् । यद्यपि, उनलाई निकै कम स्थानमा मात्रै मास्क लगाइएको देखिएको छ तर मानिसहरुलाई भेट्दा भने उनलाई गियरसहित देखिएको छ । यता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि आफूले मास्क नलगाएको प्रश्नको जवाफ दिएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकी राष्ट्रपतिलाई एकाध स्थानमा मात्रै मास्क लगाएको देखिएको छ । बुधबार मास्क नलगाएको प्रश्नको जवाफमा ट्रम्पले चाहिएको स्थानमा मास्क लगाउन आफूलाई कुनै समस्या नभएको उनले बताएका छन् । कोरोना भाइरस महामारीको यो समयमा मास्क लगाउनुलाई सबैभन्दा अत्यावश्यक सावधानीको रुपमा देखिएको छ । विश्व स्वास्थ्य संगठन आफैंले पनि मास्क लगाउन र सामाजिक दुरीको संक्रमणबाट सुरक्षित हुनका लागि यसलाई अपरिहार्य बताएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने, ‘म यदि अत्यधिक मानिसहरु भएको ठाउँमा छु भने म कुनै शंका बिना मास्क लगाउनेछु ।’ फक्स बिजनेसलाई दिएको आफ्नो एक अन्तरवार्तामा ट्रम्पले सो कुरा भनेका हुन् । यस्तै ट्रम्पले भनेका छन्, ‘म धेरैजसो यस्तो परिस्थितीमा हुन्नँ जहाँ मास्क लगाउन आवश्यक छ । तर आवश्यक स्थानमा म मास्क पक्कै पनि लगाउनेछु र मास्क लगाउनु राम्रो कुरा हो ।’ अमेरिका कोरोनाद्वारा संसारकै सर्वाधिक प्रभावित देश हो । स्रोतः बीबीसी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार