थप ४ सय ७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ हजार ५१९ पुग्यो……

नेपालमा थप ४ सय ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १ सय ९ महिला र ३ सय ६४ पुरुष गरी ४ सय ७३ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले बताए । कूल संक्रमितहरुमध्ये १ हजार ८ सय ८३ जना महिला र १२ हजार ६ सय ३६ पुरुष रहेको मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा सुनसरीका ३, मोरङका ६, झापाका १, सप्तरीका १०, धनुषाका ३०, महोत्तरीका १३, अछामका ३१, बझाङका ३५ , डोटीका ५८, कैलालीका १६५, कन्चनपुरका ३१, खोटाङका १, ललितपुरका २, चितवनका २, बर्दियाका १, भक्तपुरका २, धादिङका १, दोलखाका २, गोरखाका १, काठमाडौंका २८, काभ्रेपलाञ्चोकका २, मकवानपुरका १, पाल्पाका १, रामेछापका १, रुपन्देहीका १, सिन्धुलीका १, उदयपुरका १, नवलपरासीका १, अर्घाखाँचीका २, सुनसरीका २, नुवाकोटका १, रसुवाका १, सिन्धुपाल्चोकका ४, बागलुङका १, पर्वतका २, तनहुँका ३, स्याङ्जाका ३, कास्कीका १, लमजुङका १६, दाङका ४ दैलेखका ३ र कालिकोटका १ जना रहेका छन् । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ५ सय ३७ पीसीआर परीक्षण भएको छ । हालसम्म कुल २ लाख ३७ हजार ७ सय ६४ पीसीआर परीक्षण भएको छ । त्यसैगरी क्वारेन्टाइनमा ३८ हजार १ सय ९ जना रहेका छन् । यस्तै आइसोलेसनमा १० हजार १ सय ३७ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घन्टामा ६ सय ६४ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ५ हजार ३ सय २० पुगेको छ । सरकारले पीसीआर परीक्षणलाई बढाउन थप २ वटा पीसीआर परीक्षण गर्न सक्ने प्रयोगशाला थप गरेको छ । यससागै कुल २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुने छ । हालसम्म प्रदेश १ मा ६ सय ३६ जना, प्रदेश २ मा ३ हजार ९ सय ९ जना, बागमती प्रदेशमा ५ सय ५ जना, गण्डकी प्रदेशमा १ हजार ८४ जना, प्रदेश ५ मा ३ हजार ८ सय ५३, कर्णाली प्रदेशमा १ हजार ५ सय १२ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार २० जनामा संक्रमण पुष्टि भएको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार