उत्तर कोरिया कोरोना संकट रोक्न सफल भएको किम जोङ उनको दाबी……

उत्तर कोरियाका नेता किम जोङ कोरोना संकटमाथि विजय पाउन उनले आफ्नो देशले चम्किलो सफलता हात पारेको दाबी गरेका छन् । पोलिट ब्यूरोको बैठकका बेला किम जोङले उत्तर कोरियाले यो भाइरस फैलन रोकेको र स्थितीलाई स्थिर बनाएर राख्न सफल भएको बताए । संसारभरी कोरोनाभाइरस फैलन सुरु भएलगत्तै ६ महिना अघि नै उत्तर कोरियाले आफ्ना सीमा सील गरेका थिए र हज्जारौंलाई आइसोलेशनमा पठाएका थिए । उत्तर कोरियाले आफ्नो देशमा एकजना पनि कोरोना संक्रमित नभएको दाबी गरेका छन् । यद्यपि, विश्लेषक यो कुरामा सहमत भने छैनन् । बिहिबार आयोजित पोलिट ब्यूरोको बैठकमा किम जोङ उनले उत्तर कोरियाको महामारीविरुद्धको कार्ययोजनाबारे बिस्तारपूर्वक जानकारी लिएको बताइन्छ । साथै किम जोङ उनले छिमेकी मुलुकमा अझै पनि कोरोना भाइरसको संक्रमित भएको बारे पनि कुरा गरेको बताइन्छ ।

उत्तर कोरियामा मास्क अनिवार्य

जनवरीको अन्त्यमा नै उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण रोक्नका लागि कडा कदम उठाएका थिए । देशका सीमा सील गरिएको थियो र पछि प्योङ्गयाङ्गमा भएका सयौं विदेशीलाई क्वारेन्टिनमा राखिएको थियो । यतिमात्रै होइन, उत्तर कोरियाले आफ्ना सयौं नागरिकलाई आइसोलेशनमा राखे र स्कूल पनि बन्द गरे । यद्यपि, उत्तर कोरियाले अब विद्यालय खोलिदिएको छ तर मानिसहरुलाई सार्वजनिक स्थानमा जम्मा हुन अहिले पनि प्रतिबन्ध लगाइएको छ । समाचार एजेन्सी रोयटर्सले विश्व स्वास्थ्य संगठनलाई उद्धृत गर्दै उत्तर कोरियामा सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरिएको जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार उत्तर कोरियामा हालसम्म ९ सय २२ जनाको मात्रै परीक्षण गरिएको छ । यी सबैको नतिजा नेगेटिभ पाइएको छ । उत्तर कोरियाको चीनसँग लामो सीमा लाग्छ । उत्तर कोरियाको दाबी अनुसार देशमा कोरोनाभाइरसका एकजना पनि संक्रमित छैनन् । तर स्पेशलिस्ट न्यूज वेबसाइट एनके न्यूजका प्रबन्ध सम्पादक ओलिवर होथमले उत्तर कोरियाको दाबी सही नभएको बताएका छन् । ‘उत्तर कोरियामा एकजना पनि संक्रमित नुहुने सम्भावना निकै कम छ किनभने यसको सीमा दक्षिण कोरिया र चीनसँग जोडिएको छ । यी देशसँग कारियाको जुन व्यापार छ, यो हेर्दा मलाई लाग्छ कि उसले यसलाई रोक्न सकेको छैन । यो कसरी सम्भव होला र ?’ स्रोतः बीबीसी ( रापा )

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार