गजल

शान्तिराम नेपाल (ताप्लेजुङ)

 

मकै छरेर मकै खोजिन्छ कालिपोके फल्न सक्छ ।

दिने दैवले नै हो भन्छन् भाग्यले छल्न सक्छ ।

 

सुकरात एक्लै थिए सत्यका लागि विष पिए

एक्लै पुकारेर हुन्न भीडले सत्य बदल्न सक्छ ।

 

लर्वरिन्छ , ढल्छ, बेहोस हुन्छ मान्छे माते पछि

प्रेमको एक प्याला मदिराले सत्य ओकल्न सक्छ ।

 

मान्छेले मेरो भनी रहन्छ, आफैँमा रहँदैन सधैँ

रुख जराले अडिएको हो खुस्किए ढल्न सक्छ ।

 

शरीर देखिन्छ मन देखिन्न देखेको पत्याउने हो

शरीर आगोले जल्छ मन पीडाले जल्न सक्छ ।

 

बगैंचा डटकम फेसबुक पेजबाट प्रत्यक्ष बाचनका गरिएको कविता, भाग २ ।

संयोजन: मगेन्द्र राई, सन्तोष तामाङ ‘विश्वास’ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार