जुमबाट ९६ औं साहित्य श्रृंखला

  टोपबहादुर याक्खा

२६ जुलाई, हङकङ– कोराना कहरका बीच विश्वव्यापी रुपमा प्रयोग हुदै आएको अनलाइन प्रविधि जुम मिटिङ मार्फत सृजना वाचन तथा समीक्षा गर्दै ९६ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।
साहित्य श्रृंखलाकी संयोजक सुनिता गिरीको अध्यक्षतामा श्रृंखलाले पहिलो प्रयास स्वरुप आयोजना गरेको उक्त कार्यक्रममा जोडिएका साहित्यकारहरु पूर्णिमा शाह, रमण गुरुङ, सुनिता गिरी, दिपेन्द्र राई, डोम राना, गीता अधिकारी, आर्यन भण्डारी, चन्द्र मादेन, टी.बी. याक्खा, आयुसी क्षेत्रीका साथै नेपालबाट कल्पना काफ्ले र सपना पौड्यालले आ–आफ्ना सृजनाहरु वाचन तथा मन्तब्यहरु राखेका थिए भने साहित्यकारद्धय दाजु गुरुङ र बज्र कुुमार राईद्धारा सृजना वाचन संगै अन्य स्रष्टाहरुद्धारा वाचित सृजनाहरु माथि आफ्नो भनाई समेत राखेका थिए ।
बढ्दो कोरानाका कारण हङकङ सरकारद्धारा तोकिएको विभिन्न नियमहरुका कारण प्रत्यक्ष जमघट भएर कार्यक्रम संचालन गर्ने अवस्था नभएता पनि नयाँ प्रविधि जुम मिटिङमा आवद्ध भएर श्रृंखलालाई निरन्तरता दिन उपस्थित सम्पूर्ण साहित्यकारहरुलाई श्रृंखलाकी संयोजक सुनिता गिरीले विशेष धन्यवाद दिदै कार्यक्रमको अन्त्य भएको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि श्रृंखलाले विगत ८ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा साहित्यिक स्रष्टाहरुलाई पुरस्कृत समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार