बेरुत विस्फोट : मृतकको संख्या १५० पुग्यो, ६० जना अझै बेपत्ता……

लेबनानको राजधानी बेरुतमा भएको विस्फोटमा परेका ६० जना अझै बेपत्ता छन् । दुर्घटना भएको ४ दिन बितिसक्दा पनि उनीहरूको अवस्था पत्ता लगाउन नसकिएको अधिकारीले बताएका छन् । शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या १५४ पुगेको स्वास्थ्य अधिकारीले शनिबार जानकारी दिएका छन् । ‘तीमध्ये २५ जनाको अहिलेसम्म पहिचान हुन सकेको छैन,’ एक अधिकारीले एएफपीलाई भने । यस्तै अहिलेसम्म ६० जना बेपत्तै रहेको र खोजी भइरहेको जानकारी उनले जानकारी दिए । स्वास्थ्य मन्त्रीले शुक्रवार दिएको जानकारीअनुसार झण्डै ५ हजार जना घाइते भएका छन् र तीमध्ये १२० जनाको अवस्था गम्भीर छ । विस्फोटपछि ३ लाखभन्दा बढी स्थानीय विस्थापित भएका छन् भने त्यही रहेकाहरू त्रसित अवस्थामा छन् । शक्तिशाली विस्फोटका कारण उनीहरू घरबारविहीन भएको अधिकारीले जनाएका छन् । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार अबेर राति शक्तिशाली विस्फोट भएको थियो । दुई हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ रासायनिक पदार्थ भण्डारण गरेको गोदाम घरमा भएको विस्फोटको आवाज धेरै ढाटासम्म सुनिएको थियो । गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो । विस्फोट घटनाप्रति विश्वभरका नेताले सहानुभूति र समवेदना व्यक्त गर्दै खेद व्यक्त गरेका छन् भने कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायले लेबनानलाई सहयोग पनि गरेका छन् । स्रोत: एएफपी ( एनअेाएन )

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार