बैंकहरुलाई तीन दिने अल्टिमेटम……….

चैत ७, २०७४  काठमाडौं–नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक जान नमानेका ११२ स्थानीय तहमा पुग्ने प्रतिबद्धता सहितको पत्र बुझाउन दिन ३ दिनको समय दिएको छ । मंगलबार विभिन्न बैंकहरुलाई निर्देशन दिँदै राष्ट्र बैंकले वाणिज्य बैंक नपुगेका स्थानीय तहमा जान चाहेको पत्र सहित आउन भनेको राष्ट्र बैंकको एक अधिकारीले बताए । ती अधिकारीले भने, ‘हामीले बिहिबार सम्मको समय दिएर प्रतिबद्धता जनाउन भनेका छौ । आठ महिनामा (फाग...

निगमलाई १५ दिनमा १५ करोड नाफा ………

चैत ५, २०७४    नेपाल आयल निगमले १५ दिनको अवधिमा १५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।  इन्धन विक्रीबाट निगमले नाफा कमाएको हो ।निमगले नाफा आर्जन गरेपछि पछिल्लो समय अन्र्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य केही बृद्धि भए पनि स्थानीय बजारमा बृद्धि गरेको छैन । ईन्डियन आयल कर्पोरेसन आईओसी ले १६ मार्चमा पठाएो नयाँ मुल्य सामान्य बढेर आए पनि स्थानीइ बजारमा भने निमगले साविककै मुल्य कामय गरेको हो...

रित्तियो सरकारी ढुकुटी ……….

चैत ३, २०७४  काठमाडौं - चालू आर्थिक वर्षमा केन्द्र सरकारबाट स्थानीय तहले पाउने अन्तिम किस्तामार्फत्को ७५ अर्ब रुपैयाँ निकासा भएको छ । अर्थ मन्त्रालयले स्थानीय तहले पाउने तेस्रो किस्ता उपलब्ध गराउन महालेखा नियन्त्रकको कार्यालयलाई पत्राचार गरेको  छ । सरकारले स्थानीय तहलाई तेस्रो किस्ताको ७५ अर्ब रुपैयाँ उपलब्ध गराउँदा सरकारी बजेट घाटा एक खर्ब ७० अर्ब रुपैयाँ पुग्छ । अब सरकारसँग खर्च गर्न मिल्ने मौज्...

एनसीसी बैंकमा सीआइवीको छापा, उच्च अधिकारी पक्राउ

काठमाडौं केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी) ले नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को केन्द्रीय कार्यालयमा छापामारेको छ। प्रहरीले बैंकका केही अधिकारीहरुलाई समेत नियन्त्रणमा लिएका छन् । बैंक मर्ज हुँदा रकम अनियमितता भएको आशंकामा सीआइवीले अनुसन्धान थालेको हो। सीआईबीका अनुसार तत्कालिन एपेक्स डेभलपमेन्ट बंकले दरबारमार्ग, लोकन्थरी, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा...

वैदेशिक सहायतामा ३८ प्रतिशतले गिरावट……..

फागुन २५, २०७४  काठमाडौं - यो वर्ष वैदेशिक सहायतामा ठूलो गिरावट आएको खबर नागरिक दैनिकको पहिलो पृष्ठमा छापिएको छ ।  वैदेशिक सहायता परिचालनका लागि संघीय संरचनाअनुसारको नीतिगत व्यवस्था हुन नसक्दा अघिल्लो वर्षको तुलनामा सरकारले प्राप्त गर्ने वैदेशिक सहायता घटेको हो । सरकारले वैदेशिक सहायता परिचालनका लागि आवश्यक विकास सहायता नीति, विकास सहायता परिचालन मार्गदर्शनलगायतका नीति निर्माण गर्न सकेको छैन ।  नी...

काठमाडौंवासी तिर्दैनन् घरबहाल कर………

फागुन २३, २०७४  काठमाडौं - उपत्यकाका ७८ प्रतिशत घरधनीले बहाल नतिर्ने गरेको पाइएको छ। घरभाडाबापत उठेको रकमको ३० देखि ४० प्रतिशत कर स्थानीय तहलाई तिर्नुपर्ने व्यवस्था छ । घरबहाल नतिर्नेलाई कारबाही गर्ने कानुनी व्यवस्था नहुँदा काठमाडौं, ललितपुर र भक्तपुरका घरधनीले कर तिर्न चासो दिएका छैनन् ।  यसअघि १० प्रतिशत आन्तरिक राजस्व र दुई प्रतिशत स्थानीय तहले यस्तो कर असुल गर्थे । तर, अन्तरसरकारी वित्तीय हस्त...

दैनिक एक अर्ब ८९ करोड भित्रिन्छ रेमिटेन्स………

फागुन १८, २०७४  काठमाडौं -  विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक एक अर्ब ८८ करोड ८८ लाख रुपैयाँ स्वदेशमा पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा तीन अर्ब ४० करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रिएको खबर आजको नागरिक दैनिकमा छ । गत वर्ष दैनिक एक अर्ब ९० करोड ४१ लाख रुपैयाँ औपचारिक माध्यमबाट भित्रिएको थियो । गत आ...

मजदुरको छोरो उद्योगमन्त्री…………

१४ फागुन, काठमाडौं । माओवादी नेता मात्रिका यादव तेस्रोपटक मन्त्री बनेका छन् । अघिल्लोपटक मन्त्री हुँदा एलडीओलाई ट्वाइलेटमा थुनेका मन्त्री यादव ‘क्रान्तिकारी’ स्वाभावका नेता हुन् । उनी मन्त्री बन्नासाथ भ्रष्टाचारी र विचौलियाहरु त्राहीमाम देखिएका छन् ।  अब मात्रिकाले के गर्ने हुन् भन्ने चासो छ जनमानसमा । यसअघि दुईपटक मन्त्री भएका यादवले दुबैचोटि आफैं राजीनामा ठोकेर हिँडेका थिए । ०६४ सालमा अन्तरिम व्...

नेपाली ग्यास बुलेट सञ्चालनमा, भारतीय अवरोध कायमै………

फागुन १०, २०७४  काठमाडौं – खाना पकाउने ग्यास ढुवानी गर्ने बुलेट सञ्चालनमा भारतले एक वर्षअघि खडा गरेको अवरोध अझै हटाएको छैन । भारतीय बुलेटको सट्टा नेपाली नम्बर प्लेटका बुलेटबाट ढुवानी गर्न ग्यास उद्योगीले नयाँ बुलेट खरिद गरे पनि सञ्चालनमा भारतले व्यवधान खडा गर्दा ती उपयोगविहीन भएका छन् । व्यवसायीको अर्बौं लगानी पनि जोखिममा परेको छ। बुलेट सञ्चालनका लागि भारतले ‘एक्स्प्लोसिभ सेफ्टी सर्टिफिकेट’ नदिँदा...

पश्चिम सेती आयोजना अझै अन्योलमै……….

१० फागुन, काठमाडौं ।  पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी थ्री गर्जेज आफ्ना पक्षमा ‘लबिङ’ गर्न मन्त्रिपरिषद् विस्तार पर्खेर बसेको छ । मन्त्रिपरिषद् विस्तारलगत्तै कम्पनीको टोली काठमाडौं आउने लगानी बोर्डलाई जानकारी दिएको छ । विद्युत प्राधिकरणसँग डलरमा हुने विद्युत् खरिद सम्झौता (पीपीए) दरमा चित्त नबुझेको बताउँदै थ्री गर्जेजले आयोजना निर्माण शुरु गरेको छैन । नयाँ सरकारब...

मेलम्ची आयोजना अन्तिम चरणमा……….

०१ फागुन २०७४,   सिन्धुपाल्चोक – अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिनाभित्रै ‘ब्रेक थ्रु’ हुने भएको छ । जतिसक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना असारभित्रै पूरा हुने देखिएको छ। बाँकी दुई सय ६० मिटर खनेपछि साढे २७ किलोमिटर लामो सुरुङमार्ग ब्रेक थ्रु हुनेछ,’ आयोजनाका उपकार्यकारी निर्देशक भ...

रक्षामन्त्रीलाई यसरी पर्‍यो लाखौं उपचार खर्चको ‘चिठ्ठा’…….

२८ माघ, काठमाडौं । शेरबहादुर देउवा सरकार पछिल्लो समय निकै ‘दानी’ देखिएको छ । हरेक मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता, शहीद घोषणा वा कुन न कुनै बहानामा आर्थिक सहयोग दिने निर्णय भटाभट गरिहेको छ ।शुक्रबार त रक्षामन्त्री भीमसेन दास प्रधानलाई उपचार खर्चका लागि लाखौंको चिठ्ठा नै पर्‍यो । कांग्रेस नेता प्रधान मुटुरोगबाट पीडित छन् । ७ वर्षअघि हृदयघात भएपछि दुई दिनसम्म अचेत भएका थिए प्रधान । त्यतिबे...