धनाढ्‍य प्रधानलाई, प्रधानमन्त्रीले किन दिए ५० लाख ?

माघ २८, २०७४  काठमाडौं - उपचार खर्च अभावमा धेरै नेपालीको सानो रोगका कारण अकालमै ज्यान गुमाइरहेका छन् । धेरै नेपाली एक एक रुपैयाँ जुटाउन सडकमा 'भिख' मागिरहेका भेटिन्छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।सरकारले थोरै मात्र उपचार खर्च व्यवस्थितरुपमा सर्वसाधरणलाई वितरण गर्न सकेमा धेरैको ज्यान जोगिने अवस्था छ । तर, बाहिरिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूकहाँ पहुँच बनाउने र आफ्ना आसेपास...

कालो धनलाई सेतो नबनाऊ

माघ २६, २०७४ , काठमाडौँ — कुनै पनि देशको आर्थिक विकासको पहिलो सर्त नै भ्रष्टाचार नियन्त्रण गर्नु हो । भ्रष्टाचार नियन्त्रण नगरी सुशासन प्राप्त हुंँदैन । त्यसैले सुशासन प्राप्त गर्न भ्रष्टाचारलाई निर्ममतापूर्वक दबाउनैपर्छ । यस कार्यको लागि कार्यपालिका र न्यायपालिका इमानदार बन्नैपर्छ । यसै सन्दर्भमा कालो धनलाई सेतो धन बनाउनु पनि भ्रष्टाचार नै हो । नेपालका नवधनाढ्य अजेय सुमार्गीले विदेशबाट ल्याएको अर...

दश करोड कर नतिर्ने बसरुद्दीनले महानगरलाई डेढ करोडको गाडी दिने

२० माघ २०७४,  वीरगन्ज – वीरगन्ज महानगपालिका कार्यालयमा १० करोड रूपैयाँ कर नतिर्ने नेकपा एमालेमा आबद्ध व्यवसायी बसरुद्दीन अन्सारीले प्रदेश राजधानीलाई एक करोड ६५ लाखको गाडी उपहार दिने घोषणा गरेका छन्। अन्सारीले वीरगन्जलाई प्रदेश दुईको राजधानी बनाए गाडी उपहार दिने घोषणा गरेका हुन्। वीरगन्ज भेंडियाहीस्थित नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशक रहेका उनले एकातिर वीरगन्ज महानगरको ठुलो रकमको कर बक्यौता राख...

रिक्सा चढ्नुभन्दा अब प्लेन चढ्नै सस्तो

२१ माघ, काठमाडौं । भनिन्छ हवाई जहाजको यात्रा सबैभन्दा महंगो हुन्छ । त्यसैले आम सर्वसाधारणको यात्राको माध्यम सार्वजनिक बस, ट्याम्पु, ट्याक्सी वा अटोरिक्सा हुने गर्दछ । यदि कसैले तपाईंलाई रिक्सा चढ्नुभन्दा प्लेन चढ्न सस्तो हुन्छ भन्यो भने तपाईं ठान्नुहुन्छ, यो मान्छे बहुलाएछ । तर, भारतका एक नागरिक उड्डेयन मन्त्रीले नै रिक्सा चढ्नुभन्दा प्लेन चढ्न सस्तो हुने दावीसहित गणितीय तथ्यांक नै पेस गरेका छन् ।...

दुई महिनामा पाँचपटक बढ्यो इन्धनको मूल्य

२० माग २०७४, काठमाडौं - प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनयता आयल निगमले प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको छ। निगमले गरिरहेको मूल्य वृद्धि रोक्न सरकारले पनि चासो देखाएको छैन। आजको नयाँ पत्रिकामा खबर छ । यही बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि सामान्य दरले वृद्धि हुँदा निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै मूल्य बढाएको दाबी गरिरहेको छ। निर्वाचनयताको करिव दुई...

रेमिट्यान्समा सबैभन्दा बढी निर्भर मुलुक बन्यो नेपाल

१९ माघ, काठमाडौं । नेपाल रेमिट्यान्स (विप्रेषण)मा सबैभन्दा बढी निर्भर मुलुक बनेको छ । सन् २०१६को तथ्यांकलाई आधार बनाएर विश्व बैंकले गरेको अध्ययनमा नेपाली अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले ओगटेको देखिएको हो । अन्य मुलुकले भने रेमिट्यान्समाथिको निर्भरता घटाउँदै लगेको देखिएको छ । नेपाल भने कूल ग्रार्हस्थ उत्पादन (जीडीपी)मा रेमिट्यान्सको प्रतिशत निरन्तर बढाउने मुलुकमा सूचीकृत भएको छ । सेवा अर्थात...

जनप्रतिनिधिका आँखा पैसामै

 १४ माघ २०७४, दाङ स्थानीय तहको निर्वाचन भएपछि योजना तर्जुमा गर्न लमही नगरपालिकाको नगरसभा बस्यो । नगरपालिका क्षेत्रको विकास–निर्माणसंगै नीति तथा कार्यक्रम तय गरेको नगरसभामा स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा के, कति भन्ने प्रश्न पनि उठाइयो। योजना तर्जुमा समितिले मेयर, उपमेयरदेखि वडाअध्यक्षसम्मको मासिक तलब र सुविधा तोकेरै प्रस्ताव गर्याे। केही जनप्रतिनिधिले जायज नभएको भन्दै विमति राखे पनि सान...

ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माण गुरुयोजना बनाउन गैरआवासीय नेपाली संघले सघाउने

५ माघ २०७४, काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ऐतिहासिक सिन्धुलीगढीको जिर्णाेद्धार एवम् पुन-निर्माण गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ । एनआरएनए र कमलामाई नगरपालिकाबीच गुरुयोजना तयार पार्न बिहीबार राजधानीमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनआरएनएका अध्यक्ष भवन भट्ट र नगरपालिकाका मेयर खड्ग खत्रीले हस्ताक्षर गरे । एनआरएनएले ऐतिहासिक सिन्धुलीगढीको पुन-निर्माण गुरुयोजना आगामी ६ महिनाभि...

जाइकाले बेगनास तालमा बिजुली निकाल्न अध्ययन थाल्यो

२८ पुस, काठमाडौं । जापानी सहयोग नियोग (जाइका)ले कास्कीको पोखरा-लेखनाथ महानगरस्थित बेगनास तालमा पम्प स्टोरेजको सम्भाव्यता अध्ययन अगाडि बढाएको छ । विद्युत प्राधिकरणले निर्माण गर्न लागेको उक्त आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदन जनवरीसम्ममा प्रकाशित गर्ने जाइकाको योजना छ । प्राधिकरणको प्रारम्भिक अध्ययनमा बेगनासको पानी रुपा तालमा खसालेर एक सयदेखि तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने देखिएको ...

एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय

एसियाली विकास बैकले शहरी विकास तथा आधुनिकीकरणका लागि दिएकाे सहायता रकम सरकारले स्वीकार गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकारको अनुरोध अनुसार शहरी विकास तथा आधुनिकीकरणका लागि एसियालि विकास बैकले सहायता वापत दिने भनिएको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय गरेको हो ।बैठकले सरकारका नियममित प्रशासनिक केही निर्णय पनि गरेको मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिएका...

उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा

केहि दिन अघि नेपाली कांग्रेस प्रवेश गरेका उद्योगी विनोद चौधरीलाई यतिवेला चुनावी प्रचार सभामा सक्रियरूपमा देखिएका छन् । नवलपरासी १ का मतदाता चौधरीलाई नवलपरासी १ का कांग्रेस उम्मेदवार तथा पार्टी महामन्त्री डा. शशांक कोइराला सहभागी हुने सबैजसो चुनावी सभामा मुख्य वक्ताका रूपमा देखिन थालेका हुन । आर्थिक विकास र समृद्धि उपसमितिको केन्द्रीय संयोजक तोकिएका उनलाई पार्टीले आर्थिक एजेन्डाबारे मतदातालाई बुझाउ...

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न एक पक्राउ

गत असोज २३ गते भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको भन्दै एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबारे प्रहरीले कुनै परिचय खुलाएको छैन । दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गर्ने प्रहरीको तयारी छ । स्रोतका अनुसार ती व्यक्ति हत्यामा प्रयोग भएको मोटरसाइकलको पछाडि बसेर भागेका थिए । हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्...