छिनमै तहसनहस भएको थियो नेपाली बसेको बस्ती…..

निर्वज, इजरायल — चार सय जना इजरायली किसान परिवार बस्ने निर्वज किबुज यतिखेर रित्तो छ । यो सानो गाउँमा फेरि पहिलेजस्तै गरी स्थानीय आएर बस्ने कुनै निश्चित छैन । निर्वज किबुजभित्र छिर्नेबित्तिकै पहिलो घर स्थानीय ५७ वर्षीय रिओजको आउँछ । यो घर जलेर खरानी छ । ‘मेरो घर मात्रै जलेको छैन, बूढी भएकी ७५ वर्षीया आमा जल्नुभो । ८ वर्षीया नातिनी जलिन् । ३२ वर्षीय छोराले गोली खायो,’ गहभरि आँसु पार्दै रिओजले कान्ति...

गाजा अस्पताल आक्रमणले विश्वभर तरंग…..

जेरुसेलम — प्यालेस्टिनी क्षेत्र गाजास्थित अल अहली अस्पतालमा मंगलबार राति भएको रकेट आक्रमणको विश्वभर निन्दा भएको छ । संयुक्त राष्ट्रसंघ, रेडक्रसजस्ता मानवअधिकारको क्षेत्रमा काम गर्ने संगठनसँगै थुप्रै देशले उक्त घटनाको विरोध गरेका हुन् । रकेट आक्रमणमा ५ सय जनाको मृत्यु भएको अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो घटना कसले गरायो भन्नेमा इजरायल र हमास अधिकारीहरूले एकअर्कालाई दोष लग...

मोदीको कालापानी भ्रमण कूटनीतिक मान्यता विपरीत…..

काठमाडौँ -   क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको लिपुलेक, कालापानी, नाभी र गुन्जी क्षेत्रको भ्रमण कूटनीतिक मान्यता विपरीत रहेको बताएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कूटनीतिक मूल्य र मान्यता विपरीत नेपालको लिपुलेक, कालापानी, नाभी, गुन्जी क्षेत्रको भ्रमण गरेको समाचार नेपाली र भारतीय सञ्चार माध्यममा प्रकाशित भएका छन् । तीर्थाटनको बहाना बन...

टिस्टा नदीको बाँध फुट्दा सिक्किममा १० नेपाली बेपत्ता…..

विराटनगर - इजरायलमा १० विद्यार्थीको मृत्यु र त्यहाँ फसेका विद्यार्थीको उद्धारको प्रयास भइरहँदा इलामका १० स्थानीय भारतको सिक्किममा बेपत्ता भएको अर्को दुःखद खबर आएको छ । इलाम नगरपालिका–९ का १० जनाभन्दा बढी स्थानीय गत असोज १६ देखि सिक्किममा बेपत्ता छन् । त्यहाँ काममा रहेका उनीहरुलाई असोज १७ गते टिस्टा नदीमा आएको बाढीले बगाएको हुन सक्ने स्थानीय विक्रमबाबु फियाक बताउँछन् । टिष्टामा आएको बाढीपछि उहाँहरु...

इजरायलको जोखिम क्षेत्रबाट ५५ नेपालीको उद्धार…..

काठमाडौँ — ‘राति बस्दा मेरो श्वास पुग्दैन । मुटु फुट्न खोज्छ । मुख बन्द हुन्छ । कहिलेसम्म हामी यसरी बस्ने ?’ तीन दिनदेखि लगातार इजरायलको त्रासदीमा बाँचिरहेका दाङका विपिन सुवेदीले आफ्नो भिडियो सार्वजनिक गर्दै भने, ‘आज (सोमबार) दिनभरिमा हामीलाई यहाँबाट उद्धार गरिदिनुस् । आज पनि त्यहीँ रात कटाउनपर्‍यो भने रातले नै लग्ने भयो हामीलाई । साथीहरूलाई पनि लग्यो । अब हामीलाई नलगोस् । उनीसहित ५ जनाको ट...

जी-२० को मूल नारामा चीनको आपत्ति…..

नयाँदिल्ली — चीनले जी–२० को आधिकारिक दस्ताबेजमा संस्कृत सूक्ति ‘वसुधैव कुटुम्बकम्’ को प्रयोगप्रति आपत्ति जनाएको छ । संस्कृत गैरसंयुक्त राष्ट्र भाषा भएको भन्दै चीनले आपत्ति व्यक्त गरेको हो । भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार चिनियाँ संस्कृत विज्ञले ‘वसुधैव कुटुम्बकम्’ को अर्थ ‘विश्व एक परिवार’ हुने अर्थ्याएका छन् । भारतको थिम ‘एक पृथ्वी, एक परिवार र एक भविष्य’ रहेकाले उक्त सूक्तिले त्य...

किम जोङ र पुटिनबीच भेटमा अमेरिकी आशंका…..

काठमाडौँ — उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट हुनसक्ने बताइएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले उत्तर कोरिया र रुसबीच हतियार बिक्रीको सम्बन्धमा बैठक केन्द्रित हुने दाबी गरेकी छन् । किमले रुससँग हतियारबारे छलफल गर्न चाहेको जानकारी आफूहरूसँग रहेको भन्दै एड्रियन वाट्सनले रूस र उत्तर कोरियाबीच हतियार वार्ता सक्रिय रूपमा अगाडि बढिरहेक...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण…..

काठमाडौँ — संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त राज्यमा उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा परेको थियो । पूर्वराष्ट्रपति ट्रम्पको औंठाछाप (फिंगरप्रिन्ट) गरी उनको मगसट (अनुहारको तस्बिर) लिइएको छ । उनको जमानत २ लाख डलर तय गरिएको छ । ट्रम्प...

पाकिस्तानको तल्लो संसद रातारात विघटन…..

इस्लामवाद -  पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा संसदको तल्लो सदन राष्ट्रियसभा भंग गरेका छन् । यस संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ ।  यो निर्णय गए राति भएको हो । पीटीआई रिपोर्टका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा संविधानको धारा ५८ अन्तर्गत तल्लो सदन विघटन गरिएको हो । प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रपतिलाई पत्र लेखेर रा...

अन्तरिक्ष अन्वेषणमा चीनको अर्को फड्को…..

काठमाडौँ — अन्तरिक्षमा कसले दह्रो पकड बनाउने भन्ने दौडमा अमेरिका र चीन प्रतिस्पर्धामा छन् । सन् २०११ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट बाहिरिएको चीनले ‘ट्येन्गुङ’ अन्तरिक्ष केन्द्रमा बनाएर इतिहास रचिसकेको छ । बुधबार चीनले नयाँ इतिहास रचेको छ । मिथेन र लिक्विड अक्सिजनबाट चल्ने संसारकै पहिलो रकेटको सफलतापूर्वक प्रक्षेपण उसले गरेको हो । एक चिनियाँ निजी कम्पनीले रकेटको सफल प्रक्षेपण गरेसँगै मिथे...

पनडुब्बी दुर्घटना हुँदा पाँच यात्रीको मृत्यु…..

बोस्टन — एक शताब्दीअघि दुर्घटनाग्रस्त भएको टाइटानिक पानीजहाजको अवशेष हेर्न आन्ध्र महासागर गएको पनडुब्बी दुर्घटना हुँदा पाँच यात्रीको मृत्यु भएको छ । गत आइतबार यात्रा सुरु गरेको १ घण्टा ४५ मिनेटमै सम्पर्कविहीन भएको पनडुब्बी दुर्घटनामा परेको बिहीबार पुष्टि भएको हो । पोलार प्रिन्स जहाजसँग सम्पर्क टुटेको टाइटन नामक पनडुब्बीमा चार दिनका लागि मात्र अक्सिजन बाँकी रहेको विशेषज्ञले अनुमान गरेका थिए । पनडुब...

बाँधको बाढीले ४२ हजार मानिसको बस्ती जोखिममा…..

दक्षिणी युक्रेनको रुस नियन्त्रित क्षेत्र खेरसोनमा रहेको नोभा काखोभ्का जलविद्युत बाँध भत्किएपछि ४२ हजार स्थानीय मानिसहरूको बसोबास जोखिममा परेको छ । बाँधमा विस्फोट हुँदा निप्रो नदीमा बाढी आउनसक्ने भन्दै नदी आसपासका बस्तीमा संकटकाल घोषणा गरिएको छ । रुसी अधिकारीहरूले १ सय जना मानिसहरू नोभा काखोभ्कामा बाढीपहिरोका कारण थुनिएको भन्दै खेरसोन क्षेत्रलाई संकटकाल घोषणा गरेका छन् । साथै बाँध भत्काइँदा हजारौंक...