आजदेखि एसईई परीक्षा, ५ लाख परीक्षार्थी सहभागी…..

काठमाडौँ — यो बर्षको बिहीबार सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गतवर्षको तुलनामा यसपटक परीक्षार्थी १२ हजारले कम छन् । यस वर्ष थपिएका २७ वटासहि...

अलमलमा अख्तियार, ओझेलमा टेरामक्स…..

काठमाडौँ — दूरसञ्चार प्राधिकरणबाट टेरामक्स प्रविधिका उपकरण खरिदमा अनियमितता आरोप लागेका बहालवाला मुख्यसचिव, सचिवदेखि तत्कालीन मन्त्रीसम्मका व्यक्तिविरुद्धको अनुसन्धान टुंगिए पनि मुद्दा दायरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अलमल गरेको छ । टेरामक्स प्रकरणमा करिब एक वर्षदेखि अनुसन्धान गरिरहेको अख्तियारका प्रमुख प्रेमकुमार राई १५ फागुनमा संसद्को सार्वजनिक लेखा समितिमा उपस्थित भएर निष्कर्ष आउनै लाग...

प्रदेश भागबन्डा सहमति नजिक…..

काठमाडौँ — सत्ता गठबन्धनका दलहरू प्रदेश सरकार भागबन्डामा सहमति नजिक पुगेका छन् । एमालेले कोशी, गण्डकी र कर्णाली, माओवादीले वाग्मती र लुम्बिनी जसपाले मधेश तथा नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्री पाउनले लगभग निश्चित भएको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको अनौपचारिक छलफलमा प्रदेशको भागबन...

भारतको आनाकानीले उद्योग र पछि सर्वसाधारण लोडसेडिङमा पर्ने जोखिम…..

काठमाडौँ — सुक्खायाममा नेपाललाई अपुग विद्युत् आयातका लागि भारतले अनुमति नवीकरण नगरिदिँदा लोडसेडिङको जोखिम बढेको छ । भारतको प्रतिस्पर्धी बजारबाट विद्युत् आयात गर्ने अनुमति नेपालले हरेक वर्ष नवीकरण गर्दै आएको छ तर यसपालि तीन महिनादेखि ताकेता गर्दा पनि भारतले नवीकरण गरेको छैन । इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धा गर्दै नेपालले बिजुली खरिद गर्दै आएको छ । जसअनुसार ख...

भूकम्पपीडितले ४ महिनादेखि पाएनन् आवासको रकम…..

सुर्खेत — भूकम्प गएको झन्डै साढे चार महिना बितिसक्दा पनि जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितले अस्थायी आवास निर्माणका लागि सरकारले दिने भनिएको रकम पाउन सकेका छैनन् । पहिलो किस्ता पाएका कतिपयले पनि दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् ।  केहीले त आफूसँग पैसा नभएपछि कर्जा लिएरै पनि टहरा बनाएका छन्,’ नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्री पन्तले भने, ‘अहिले दोस्रो किस्ताको रकम माग्दै वडा कार्यालय आउने...

आज होली पर्व, मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउछ…..

काठमाडौँ -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिन...

मस्को कन्सर्टमा आक्रमण, १ सय ३३ को मृत्यु…..

काठमाडौँ — मस्कोमा शुक्रबार आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएकाहरूमाथि हतियारधारीले अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा १ सय ३३ जनाको मृत्यु भएको छ । शनिबार साँझसम्मको रिपोर्टअनुसार घटनामा सख्त घाइते हुनेको संख्या १ सय ४० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कट्टरपन्थी समूह आईएसआईएससँग सम्बन्धित आईएसआईएस–केले सामाजिक सञ्जाल टेलिग्राममार्फत यो आक्रमणको जिम्मेवारी लिएको छ । यद...

चिनियाँ आपराधिक समूहको जालोमा परेका १३ नेपालीको म्यान्मारबाट उद्धार…..

काठमाडौँ — चिनियाँ आपराधिक समूहको जालोमा परेर म्यान्मार पुगेका १३ नेपालीको उद्धार गरिएको छ । म्यान्मारको विकट गाउँ पुर्‍याएर डिजिटल ठगी धन्दामा लगाएकामध्ये ती १३ जनालाई उद्धार गरी शुक्रबार नेपाल ल्याइएको हो । चिनियाँ आपराधिक समूहको फन्दामा लामो समयदेखि परेका उनीहरूलाई थाइल्यान्ड र म्यान्मारस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासले राजधान...

सञ्चारमाध्यम र नागरिक अभिव्यक्तिमाथि गृहमन्त्रीको वक्रदृष्टि…..

काठमाडौँ — सरकारले छापा र न्युज पोर्टलसहित सञ्चारमाध्यम र नागरिकको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मन्त्रीस्तरीय निर्णय भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पठाउन तयार पारेको पत्र सञ्चारमाध्यममा सार्वजनिक भएको थियो, सर्वत्र विरोध भएपछि सरकार तत्काल पछि हटेको छ । छापा र न्युज पोर्टलमा प्रकाशित समाचारमाथि प्रहरील...

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरी दाजुभाइसँग बयान लिने तयारी…..

काठमाडौँ -   काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा चौधरी ग्रुपका ३ दाजुभाइ नै अनुसन्धानको दायरामा आएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधवार वसन्त चौधरीलाई घटना विवरण कागज गराएको छ । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको मुद्दामा उनलाई घटना विवरण कागज गराइएको सीआईबीका एआईजी श्यामल...

५ महिनामा १७ हजार दुर्घटना, ९ सयको मृत्यु…..

काठमाडौँ — एक्कासि आइपरेको बज्रपातको खबरले सिस्ने गाउँपालिका–६ रुमालबाराकी रश्मी परियारलाई संसारै खसेजस्तो भएको छ । गत सोमबार साँझ ५ बजेतिर बागलुङको निसीखोला–६ जाउलेपानीमा रुकुम पश्चिमबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउने ९ जनामध्ये एक थिए उनका छोरा विक्रम परियार । ६ वर्षयता रुकुम पूर्वमा सक्रिय पत्रकारको परिचय बनाएका विक्रमको देहान्तपछि परिवार, आफन्त र सहकर्मी गहिरो शोकमा छन् । १० ...

रुस-युक्रेन युद्धमा थप १५ नेपालीको मृत्यु…..

काठमाडौँ — रुसी सेनामा भर्ती भएका थप १५ नेपालीको मृत्यु भएको छ । मृत्यु भएका ती नेपाली नागरिकको शव पहिचान र ‘जेनेटिक टेस्टिङ’ का लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन रुसले नेपाल सरकारलाई आग्रह गरेको छ । मृत्यु भएका ती १५ जना पाँच महिनायता परिवारको सम्पर्कमा थिएनन् । रुस सरकारले आधिकारिक मृत्यु प्रमाणपत्र जारी नगरेसम्म परराष्ट्र मन्त्रालयले मृत्यु हुने नेपालीको पहिचान पुष्टि गर्ने गरेक...