जीबी समूहद्वारा ४९ हजार बचतकर्ताको ७ अर्ब अपचलन…..

काठमाडौँ / पोखरा — पोखरा, चितवन, वीरगन्ज, भैरहवा, नेपालगन्ज र काठमाडौंजस्ता प्रमुख सहरमा सहकारी खोलेका गितेन्द्रबाबु (जीबी) राईको समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको विवरण प्राप्त भएको हो । नियामक निकाय र प्रहरीलगायतमा परेको उजुरी तथा संस्थाको वित्तीय विवरणका आधारमा यो विवरण संकलन भए पनि ठगी योभन्दा बढी हुन सक्ने जानकार बताउँछन् । ग्यालेक्सी टेलिभिजनका अध...

रुसी सेनामा नेपालीको भर्ती र क्षति निरन्तर मूकदर्शक नेपाल सरकार…..

काठमाडौँ — कांग्रेस–माओवादीसहितको मन्त्रिपरिषद् बन्ने निश्चित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाको यसपालिको प्राथमिकतामा थिए एनपी साउद । मन्त्री बन्नेमा ढुक्क साउदको प्राथमिकता थियो कुनै विकासे मन्त्रालय । यसअघि सिँचाइमन्त्री भइसकेका उनी निकट नेताहरूसँग भन्ने गर्थे, ‘विकासे मन्त्रालय पाए पार्टी संगठनको हितमा पनि काम गर्न सक्छु । पार्टीको कोटामा मन्त्रालय छुट्याउने भएकाले नेतृत्वले जहाँ खटायो, त...

अध्यागमनमा घुस खान सहजीकरण समिति नै छ…..

काठमाडौँ -   २०८० कात्तिक १४ गते त्रिभुवन विमानस्थलबाट भिजिट भिसामा विभिन्न देशमा जान लागेका कौशिला मगर र लक्ष्मी राईको कागजात शङ्कास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले उनीहरूको कागजात नियन्त्रणमा लिई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा अनुसन्धानका लागि पठायो । उनीहरूको साथबाट हवाई यात्रा अनुमति समेतका कागजातहरू शङ्कास्पद देखिएको तथा सम्बन्धित एयरलाइन्सक...

८ सय नेपाली चिकित्सकको अमेरिकी लाइसेन्सको नतिजा रद्द…..

काठमाडौँ — युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई) ले ८ सय नेपाली चिकित्सकहरूको लाइसेन्स परीक्षाको नतिजा रद्द गरेको छ । २०२३ मा नेपालबाट परीक्षामा सामेल भएकाहरूको नतिजामा ‘अस्वाभाविक अंक’ देखिएको यूएसएमएलईको ठहर छ । यो निर्णयले नेपालबाट सहभागी ती परीक्षार्थी अन्योलमा परेका छन् । परीक्षार्थीमध्ये धेरैले असामान्य रूपमा एकै ढाँचामा उत्कृष्ट नतिजा ल्याएपछि अनुसन्धान थालिएको यूएसएमएल...

९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध बिहीबार मुद्दा दायर…..

काठमाडौँ -     त्रिभुवन विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध बिहीबार मुद्दा दर्ता गर्ने तयारी भएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ७ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले भिजिट भिसा प्रकरणको अभियोजन गर्ने अन्तिम तयारी गरेको...

चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित…..

सल्लेरी -   चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिन थालेका छन् । स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधरणले खुम्बु छाडिसकेका छन् । उनीहरु बढीजसो काठमाडौँ र कतिपय तीर्थयात्रामा भारतको बुद्धगैयालग...

मेलम्चीको आधारभूत डिजाइनमै त्रुटि…..

मेलम्ची, सिन्धुपाल्चोक — लक्ष्यअनुसार काम भएको भए मेलम्ची खानेपानी आयोजना ०६३/६४ मा पूरा भइसक्थ्यो । तर, पटक–पटक म्याद थप गर्दा पनि आयोजना अधुरो छ । बरु काठमाडौंमा पानी वितरण हुनासाथ उद्घाटनको शृंखला रोकिएको छैन । पछिल्लो पटक गत माघ १ मा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालय परिसरको धारा खोलेर पाँचौं पटक उद्घाटन गरेका छन् । पछि राष्ट्रिय गौरवका आयोजनामा समेटिएको मेलम्ची ०५५/५६ मा स...

समाधिस्थल बिनाप्रतिस्पर्धा ९९ वर्षलाई लिजमा…..

काठमाडौँ — लुम्बिनी विकास कोषले गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तूप निर्माण गर्न बिनाप्रतिस्पर्धा निजी कम्पनीसँग समझदारी गरेको छ । सर्वसाधारणको ११६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा ९९ वर्षका लागि लिजमा दिने गरी समझदारी भएको हो । यसमा पुरातत्त्व विभाग, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयको लिखित असहमतिबीच कोषका उपाध्यक्ष ल्हारक्याल लामाले प्र...

जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी…..

काठमाडौँ — पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । इन्टरपोलले शुक्रबार राईलाई डिफ्युजन नोटिस जारी गर्दै विश्वका प्रहरीहरुको फरार सूचीमा राखेको हो । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्षसमेत रहेका राईविरुद्ध सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा कास्की ...

कोशी प्रकरणले कांग्रेस–माओवादी सम्बन्धमा चिसो…..

काठमाडौँ — राष्ट्रिय सभा सदस्यको बिहीबार सम्पन्न चुनावमा कोशी प्रदेशको परिणामलाई लिएर सत्ता गठबन्धनभित्रै संशय उत्पन्न भएको छ । कांग्रेसभित्रको अन्तरविरोधले कोशीमा बारम्बार ‘धोका’ पाएको भन्दै माओवादीका केही नेताले सत्ता गठबन्धनमा नै पुनर्विचार गर्नुपर्नेसम्मको अभिव्यक्ति दिइरहेका छन् । गठबन्धनको मुख्य घटक कांग्रेसका नेताहरूले भने कोशीलाई देखाएर माओवादीले सत्तामा थप ‘बार्गेनिङ’ बढाउन खोजेको आशंका ग...

माओवादी, कांग्रेस र राप्रपालाई एमालेको धोका…..

काठमाडौँ — सत्तारूढ र सरकारबाहिरका दल गठबन्धन बनाएर राष्ट्रिय सभा निर्वाचनमा सहभागी भए पनि दुवैतर्फ अनपेक्षित परिणाम देखिएको छ । चासोपूर्वक हेरिएको कोशी प्रदेशमा सत्ता र प्रतिपक्षी दुवै गठबन्धनले अपेक्षा गरेभन्दा बाहिरको परिणाम आएको हो । कोशीमा सत्ता गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी हुँदा माओवादीकी चम्पादेवी कार्की पराजित भएकी छन् । अर्कोतर्फ प्रतिपक्षी गठबन्धन एमालेका उम्मेदवार रुक्मि...

टेरामक्स प्रकरणमा अख्तियारद्वारा मुख्यसचिव सँग सोधपुछ…..

काठमाडौँ -  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा मुख्यसचिव डा बैकुण्ठ अर्यालसँग सोधपुछ गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रणालीमा घोटाला भएको भन्दै अख्तियारमा परेको उजुरीका सम्बन्धमा उनको नाम पनि मुछिएपछि अख्तियारले बयानका लागि बोलाएको थियो । सोहीअनुसार अर्याल अख्तियार गएर आफ्नो कुरा राखेर फर्किएका हुन् । अख्तियार स्रोतका अनुसार आफूमाथि लागेका अभियोग र सोधि...