मुख्यमन्त्री र मन्त्रीको गलामा ४० किलोको माला, हेलिकप्टरको भाडा गाउँपालिकाको खातामा…..

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले शनिबार डोल्पाको एक आवासीय विद्यालयको उद्घाटन गरेका छन्। उनीहरूले जगदुल्ला गाउँपालिका-५ मा बनेको दलित आवासीय विद्यालयको उद्घाटन गरेका हुन्। सुर्खेतबाट हेलिकप्टरमा डोल्पा पुगेर उनीहरूले विद्यालयको उद्घाटन गरेका हुन्। उनीहरू हेलिकप्टरमा डोल्पा पुगेको खर्चमध्ये केही रकम जगदुल्ला गाउँपालि...

देउवा र पौडेल समूहबीच पालिकाबाटै तीव्र प्रतिस्पर्धा…..

काठमाडौँ — कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच स्थानीय तहबाटै तीव्र प्रतिस्पर्धा देखिएको छ । शनिबार र आइतबार भएको स्थानीय तहको अधिवेशनमा दुवै समूह प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिएका थिए । आइतबार साँझसम्म ३ सय १४ स्थानीय तहको नतिजा आएकामध्ये १ सय ६४ मा देउवा (केहीमा कृष्णप्रसाद सिटौलासहित) समूहका सभापति चुनिए भने १ सय ४३ पालिकामा पौडेल समूहका सभापति आएका छन् ।...

उपमहासचिव घनश्याम भुसालले प्रश्न उठाएका छन्…..

काठमाडौँ, नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’’माथि प्रश्न उठाएका छन्। अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कमिटीमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बूँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरीकन अघि बढनै नसकिने तर्क राखे। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आइतबार सम्पन्न पार्टी केन्द्रीय कमिटीको ...

बन्द रहेका विद्यालय दसैँको मुखैमा महानगरले खोल्ने निर्णय…..

काठमाडौं, काठमाडौँ महानगरको निर्णयसँगै आइतबारदेखि भौतिकरुपमा विद्यालय खुलेका छन् । विश्वभर फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय दसैँको मुखैमा महानगरले खोल्ने निर्णय गरेको हो । महानगरको शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्ने अनुमति दिएको थियो । काठमाडौँको श्री सरस्वती निकेतन माध्यमिक विद्यालय पुग्दा त्यहाँ भौतिक उपस्थितिमा पठनपाठन भइर...

नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप नलगाएका…..

काठमाडौँ — कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार असोज पहिलो साता पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय ३९ मा संक्रमण देखिएको छ । तीमध्ये ८ सय १२ जना अर्थात् १३.९० प्रतिशतले पूर्ण वा एक डोज लगाएका थिए । कडा लक्षण नदेखिएसम्म परी...

ओलीको दम्भ अब धेरै दिन नटिक्ने…..

काठमाडौं, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले ओलीको दम्भका कारण दुई तिहाइ मत प्राप्त गरेको सरकारले जनअपेक्षालाई लत्याएको आरोप लगाए । उनले ओलीको दम्भ अब धेरै दिन नटिक्ने समेत बताए । शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले...

फिल्मी शैलीमा ‘श्रीपेच’ चोर्ने प्रयास एकजनालाई प्रहरीले पक्राउ…..

काठमाडौँ, नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि बुलेट प्रुफ सिसाले घेरेर राखिएको श्रीपेच चोर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दरबार संग्रहालय अवलोकन गर्ने क्रममा रूकुम मुसीकोट नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौंको म्हेपी बस्दै आएका २५ वर्षीय खिमबहादुर घर्तीले सिसाको सोकेस मुड्की र खुकुरीले हानेर फुटाउन खोजेका थिए। टिकट काटेर दरबार संग्रहालय अवलोकन गर्दै रूपन्देही कक्ष पु...

सरकारले नाका खोले पनि आवतजावत गर्न सकस…..

काठमाडौँ — कोरोना संक्रमणका कारण बन्द रहेका सबै नाका खुलाउने सरकारले निर्णय गरे पनि सीमा वारपारमा अझै उस्तै सास्ती व्यहोर्नुपरेको छ । मातहतका निकायमा सरकारको निर्देशन नआएको भन्दै सुरक्षाकर्मीले नाकामा पूर्ववत् व्यवहार गरिरहेका छन् । गत मंगलबार संघीय सरकारले सीमा नाका खुलाउने निर्णय सार्वजनिक गरेलगत्तै ओहोरदोहोर गर्नेको संख्या बढेको छ । तर, शुक्रबारसम्म मालवाहकबाहेक गाडीलाई दुवै मुलुकतर्फ प्रवेश अन...

असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने…..

काठमाडौँ — दसैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले अग्रिम टिकट बुकिङका लागि उपत्यकाका विभिन्न १४ स्थानमा हेल्प डेस्क स्थापना गरिने बताए । यसबारे शुक्रबार नै प्रधानमन्त्री कार्यालयमा थप छलफल हुँदैछ । महानिर्देशक घिमिरेका अनुसार मझौला तथा लामा दूरीका सवारीका लागि अग्रिम बुकिङ खुल्ला गर्न लागिएको हो । बिहीबार पाँच स्थानमा हेल्प ...

माधवकुमार नेपालको निर्देशन पालना गरेको हुँ…..

काठमाडौँ,  बालुवाटारस्थित ललितानिवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा बनाएर हिनामिना गरेको आरोप लागेका नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छादारले उक्त प्रकरणमा आफू निर्दाेष रहेको बताएका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले विभागीय मन्त्रीका हिसाबले आफूले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन पालना गरेको बताए। ललितानिवास जग्गासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद...

गठबन्धन दलमा मन्त्रिपरिषद् विस्तार अझै अनिश्चित…..

काठमाडौँ — चौतर्फी दबावमा परेका प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएर गठबन्धन दलमा छलफल थाले पनि समझदारी हुन सकेन । एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले आ–आफ्नो पार्टीका आन्तरिक समस्या देखाएर प्रधानमन्त्रीलाई देउवालाई एकैचोटि मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरेका छन् । जसका कारण मन्त्रिपरिषद् विस्तार कहिले हुने भन्ने टुंगो लाग्न नसकेको हो । गठबन्धनक...

केही कुहिएर झरेका पात भएका हुन् …..

बर्दिया — नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेको भएर दुई चारजना कार्यकर्ता मात्रै बाहिरिएको बताएका छन् । उनले केही कुहिएर झरेका पात भएको र केही बाहिरिएको मात्रै भएको बताएका हुन् । एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,'पार्टी फुटेको होइन,केही कुहिएर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन् । अदालतले फैसल...