जेठ २ कै अवस्थामा जस्ताको तस्तै फर्काउन नसकिने…..

काभ्रे — एमाले महासचिव ईश्वर पोखरेलले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा जस्ताको तस्तै फर्काउन नसकिने बताएका छन् । एमाले काभ्रे जिल्ला कमिटीले बनेपामा शनिबार गरेको कार्यकर्ता भेलामा उनले एकताको भावनालाई आत्मसात् गरेर माओवादी केन्द्रबाट आएकाहरूलाई कमजोर र हतोत्साही बनाउने कुरा गर्न नहुने पनि बताए । महासचिव पोखरेलले शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता कमजोर बनाएको आरोप ...

तालिबानले पञ्जशीर पनि कब्जा गरेको दाबी…..

अफगानिस्तानको पञ्जशीर उपत्यकाको भविष्य अझै पनि अन्योलमा रहेको छ । पञ्जशीर र तालिबान लडाकुबीच लडाइँ जारी रहेको छ । तालिबानले न्युज एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै उनीहरूले सो क्षेत्रमा पनि कब्जा जमाइसकेको दाबी गरेको छ । तर, उनीहरूको सामना गरिरहेका पञ्जशीरका मानिसहरूले भने सो कुरा अस्वीकार गरेका छन् । राजधानी काबुलबाट उत्तरमा रहेको यो घाटी अफगानिस्तानको सबैभन्दा सानो प्रान्तहरू मध्ये एक हो । हाल त...

एमसीसी सम्झौता झुक्याएर पास गर्न खोजेको भन्दै आशंका व्यक्त…..

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग भएको एमसीसी सम्झौता झुक्याएर पास गर्न खोजेको भन्दै वर्तमान सत्तारुढ गठबन्धनप्रति आशंका व्यक्त गरेका छन् । संघीय संसद्को प्रतिनिधिसभामा लामो समयदेखि रोकिएको एमसीसी सम्झौताबारे पछिल्लो समय चर्चा बढेको बेला पूर्वप्रधानमन्त्री ओलीको टिप्पणी आएको हो । 'कांग्रेस र माओवादी भएको बेला एमसीसी सम्झौता गरे । अहिले एमसीसीबारे बोल्दैनन् । झुक्याएर पास गर्न खो...

नेपाली सेनाको ब्यारेकमाथि अनधिकृत रूपमा निरन्तर हेलिकोप्टर…..

काठमाडौँ — भारतले दार्चुला सदरमुकाम खलंगाको बस्तीसहित नेपाली सेनाको ब्यारेकमाथि अनधिकृत रूपमा निरन्तर हेलिकोप्टर उडाएको विषयमा सर्वत्र आलोचना भएको छ । यसबारेमा तत्काल भारतसँग कूटनीतिक जवाफ माग्न गृह मन्त्रालय र नेपाली सेनाले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । तर, तुइन प्रकरणमै कूटनीतिक नोट पठाउन अलमलिएको सरकारले हेलिकोप्टर प्रकरणलाई कसरी लिने हो ? स्पष्ट भइसकेको छैन । गुरु गोरख गुल्म ह...

एमसीसी इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत हो या होइन,…..

काठमाडौं, नेपाल सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे अमेरिकालाई ११ प्रश्न सोधेको छ । सम्झौताबारे विवाद चर्किँदै गएपछि अर्थ मन्त्रालयले शुक्रबार पत्र पठाएको हो । नेपालस्थित अमेरिकी दूतावासमार्फत एमसीसी मुख्यालयलाई ६ पृष्ठ लामो पत्र पठाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । सो पत्रमा एमसीसी विवादबारे ११ वटा मुख्य प्रश्न र अन्य केही सहायक प्रश्न राखिएको जानकारी प्राप्त भएको छ । सो पत्...

वामदेव गौतमले पार्टीबाट राजीनामा …..

काठमाडौँ — एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामा‌ङलाई राजीनामा बुझाएका हुन् । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए । राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ । राजीनामा पत्र बुझाउँदै गौतम...

चार दिदीबहिनीको तीज–सपनाको पनि दुःखद अन्त्य भयो …..

दाङ — तीजका लागि कपडा किन्न बुधबार बिहानै गाडी रिजर्भ गरेर उनीहरू भारतको रुपैडिहा बजार पुगे । किनमेल गर्दागर्दै झमक्क साँझ पर्‍यो । घोराही आइपुग्दा रातको १० बजिसकेको थियो । घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित सिस्ने खोलामा बाढी उर्लिएकाले ठूला गाडीसमेत रोकिएका थिए । चालकले उनीहरू सवार कारलाई भने अगाडि बढाइरहे । खोला पार गर्दागर्दै बाढीले कार बगायो । कारसँगै चार दिदीबहिनीको तीज–सपनाको पनि दु...

स्थान नै यकिन नगरी,साढे २५ करोडको ठेक्का अन्धाधुन्ध सुम्पियो…..

काठमाडौं, पूर्ववर्ती सरकारले एक स्थानीय तहमा सार्वजनिक खरिद ऐनको नै खिल्ली उडाउने गरी एक परियोजनाको नाममा मनलाग्दी खर्च गरेको पाइएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, दाङ अन्तर्गतको रुकुमकोट सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित करिब २२ रोपनी जग्गामा बन्ने भनिएको सभाहल निर्माणका लागि करोडौँको खेल खेलेको पाइएको हो । सार्वजनिक खरिद ऐन, २०७६ को दफा ६ को उपदफा ३ मा राष्ट्रिय योजना आयोगले मध्यकालीन खर...

विरोध गरेपछि कांग्रेसले निर्देशिकामा संशोधन…..

काठमाडौँ — कांग्रेसले छ हजार सात सय ४३ वटै वडाबाट समावेशी समूहको प्रतिनिधित्व अनिवार्य गरेको छ । निर्वाचन निर्देशिकामा संविधान र पार्टीको विधानको भावनाविपरीत कतिपय वडा र जिल्लाबाट समावेशी समूहको सहभागिता शून्य बनेको भन्दै विभिन्न भातृ संस्था र नेताहरुले विरोध गरेपछि कांग्रेसले निर्देशिकामा संशोधन गरेको हो । अब छ हजार सात सय ४३ वटै वडाबाट सम्बन्धित समावेशी समूहका क्रियाशील सदस्य भएको अवस्थामा कम्ति...

एउटाले मात्रै उम्मेदवारी दिन्छौं…..

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षीहरुले आसन्न महाधिवेशनमा एकताबद्ध भएर प्रतिस्पर्धा गर्ने प्रतिबद्धता बताए‍का छन् । वडा अधिवेशनको सम्मुखमा पौडेल समूहका नेताहरुले एकताको सन्देश दिँदै महाधिवेशनमा सिंगो समूहका तर्फबाट एक जनामात्रै उम्मेदवार बन्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । पौडेलको दायाँपट्टि महामन्त्री शशांका कोइराला र बायाँपट्टि क्रमशः पूर्वमहामन्...

नेकपा (माओवादी केन्द्र) सँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट…..

काठमाडौं, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट गरेका छन् । बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग व...

नेपाल-चीन ‘सीमा विवाद’ बल्झिने संकेत…..

काठमाडौँ — सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खामा नेपाली भूभाग अतिक्रमण भए/नभएको सम्बन्धमा टोली खटाएर स्थलगत अध्ययन गर्ने भएको छ । अध्ययनका लागि मन्त्रिपरिषद्ले बुधबार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नापी विभागका अधिकारी र सीमाविद् सम्मिलित उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । सीमा तथा कूटनीतिक मामिलाका जानकारहरूले भने सरकारको यो निर्णयले नेपाल–च...