वाम सरकारको १०० दिन, के के भयो ?………..

०२ जेठ २०७५,  काठमाडौं- स्थायित्व, समृद्धि र सुशासनको लक्ष्यसहित केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले एक सय दिनको अवधिमा उक्त लक्ष्यको आधारशिला तयार गरेको छ। निर्वाचनमा वाम गठबन्धनले स्थायित्व, समृद्धि र सुशासनका लागि गरेको प्रतिबद्धतालाई विश्वास गरी जनताले सुविधाजनक मत दिएपछि नेकपा (माओवादी केन्द्र) को समर्थनमा नेकपा (एमाले) का अध्यक्ष ओलीको नेतृत्वमा गत फागुन ३ गते सरकार गठन भएको थियो। चु...

साढे दुई करोड नक्कली नेपाली नोटसहित पक्राउ……..

जेठ २, २०७५   काठमाडौं । चलचित्र निर्माता तथा वितरण माधव वाग्लेसहित ६ जनालाई प्रहरीले ठूलो परिणााममा नक्कली नोटसहित पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबु स्थानबाट पक्राउ गरेको हो । उनीहरुबाट २ करोड साठ्ठी लाख त्रिसठ्ठी हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन कुमार थापाले जानका...

दुर्घटनाग्रस्त अवस्थामा भेटियो मकालु एयरको जहाज…….

जेठ  २, २०७५  काठमाडौँ । सुर्खेतबाट उडेर बेपत्ता भएको मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । विमान १२ हजार ८०० फिट उचाईँमा भेटिएको ठाकुरले बताए । मकालु एयरको कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उड...

सुरक्षाकर्मी नहुँदा सिमानामा समस्या……..

०२ जेठ २०७५, पाँचथर – जिल्ला प्रहरी कार्यालय पाँचथरले जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रको अनुगमन गरेको छ। भौगोलिक रुपमा कठिन उच्च पहाडी क्षेत्रमा रहेको सीमाक्षेत्रको अवस्थाबारे विभिन्न चरणमा अनुगमन गरेको हो। प्रहरी टोलीले अवलोकनका क्रममा १६ सीमास्तम्भ हराएको पाएको छ। भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको सीमाक्षेत्रको अवस्थाबारे विस्तृत अध्ययन गरिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी वामदेव गौत...

सिंहदरबारको अधिकार गाउँमा’ चुनावी नारामात्रै………

०२ जेठ २०७५,  काठमाडौं – स्थानीय सरकार गठन भएको झन्डै एक वर्ष पुगेको छ। दुई दशकसम्म जनप्रतिनिधिविहीन स्थानीय तह गठन हुँदा जनताले थुप्रै अपेक्षा राखेका थिए। तर, गत वर्ष निर्वाचनमार्फत आएका जनप्रतिनिधिको कामकाज आशातीत र सन्तोषप्रद हुन नसकेको गुनासो चुलिएको छ। निर्वाचनअघि र त्यसपछि जनप्रतिनिधिले दिएका आश्वासनले नागरिक निकै उत्साहित र खुसी भए। लामो समयपछि स्थानीय तहले निर्वाचित प्रतिनिधि पाउँदा तीव्र ...

भारतबाट १८ अर्बको बिजुली खरिद………

०२ जेठ २०७५,   काठमाडौं- स्वदेशमा उत्पादित बिजुलीले मुलुक उल्यालो बनाउन नपुगेपछि चालू आर्थिक वर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ । यो तथ्यांकअनुसार मासिक १ अर्ब ५२ करोड रुपैययाँको बिजुली आयात भएको देखिन्छ । चालू आर्थिक वर्ष सकिन अझै दुई महिना बाँकी छ। दुई महिनाका लागि थप ३ अर्ब ४ करोडको बिजुली आयात गर्नुपर्ने हुन्छ । यस आधारमा चालू आवमा कुल १८ अर्ब २५ करोड रुपैयाँको बि...

सय दिन पुग्दा पनि भएन सार्वजनिक………

०१ जेठ २०७५,   काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीमण्डलका सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेर प्रचलित कानुन र परम्पराको उलंघन गरेका छन् । कानुनत सार्वजनिक पद धारण गरेको ६० दिनभित्र आफ्नो व्यक्तिगत सम्पत्ति विवरण बुझाई सार्वजनिक गर्नुपर्ने नियम भए पनि सरकार गठन भएको १०० औं दिन पुग्न लागिसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगरेर कार्यपालिकाका जिम्मेवार निकायबाटै प्रचलित कान...

देशको अर्थतन्त्र तस्करको हातमा………

३१ बैशाख २०७५,  पोखरा – गृहमन्त्री रामबहादुर थापाले देशको अर्थतन्त्र तस्करको हातमा रहेको बताएका छन् । कर नतिर्ने, राजस्व छल्ने माफिया, ठेकेदार र तस्करहरूले नै देशको अर्थतन्त्र चलाइरहेको उनले बताए। शनिबार पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले भने, ‘आर्थिक क्षेत्रका अनियमितता, भ्रष्टाचार, तस्करी अन्त्य गर्न जरुरी छ, यसको अन्त्य गरेरमात्रै मुलुकको विकास र समृद्धि हुन सक्छ।’ प्रेस सेन्टर कास्कीले...

वर्षाले मन्थली डुवानमा, रणजोर खोलाले ७ विद्यार्थी बगायो……..

३१ बैशाख २०७५,  रामेछाप – मन्थलीमा गएको मध्यरातदेखि परेको ठूलो वर्षात पछि खोलामा आएको बाढीले बगाउँदा सोमबार कक्षा ११ को परीक्षा दिन गएका एक विद्यार्थी बेपत्ता भएका छन्। सोमबार सदरमुकाम मन्थलीमा रहेको मन्थली शहिद स्मृति बहुृमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत छात्रा कृष्मा फुयाल रणजोर खोलाले बगाउँदा बेपता भएकी छन्। मन्थली नगरपालिका ७ मा रहेको रुद्राक्षेश्वर उच्च मावि परिक्षा केन्द्रमा परिक्षा दिन ...

सरकारी वकिल र प्रहरीकै संरक्षण……….

बैशाख ३१, २०७५  काठमाडौं – सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती ‘गोरे’ लाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ। अघिल्लो वर्ष साढे ३३ किलो सुन बरामद हुँदा प्रहरीले गोरेलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा बुझाए पनि उनले त्यहींबाटै उन्मुक्ति पाएको खुलेको हो। उनको गोरे, सिताराम खरेल र चूडामणि उप्रेती गरी तीनवटा नाम राखी...

तपाईंको मन दुख्छ कि दुख्दैन ?,……..

३१ बैशाख २०७५,   काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन’ भनेर सोधेका छन्। भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रमा भारतले बनाएका बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा बर्सेनिे मानवीयसँगै अर्बौै रुपैयाँबराबरको धनमाल क्षति हुुने गरेको जानकारी गराउँदै...

सांसदले लगे १ करोड ५५ लाख………

 ३१ बैशाख २०७५,   पोखरा – प्रदेश सांसदले पारिश्रमिक तथा सेवा सुविधाका लागि वैशाख मसान्तसम्म १ करोड ५५ लाख रुपैयाँ लगेका छन्। प्रदेशसभा गठन भएको मितिले उनीहरूले पाउने पारिश्रमिक तथा सेवासुविधा बापतको रकम भुक्तानी गरिएको संसद् सचिवालयको लेखा शाखाले जानकारी दिएको छ। प्रदेशसभा गठन भएको मिति २०७४ माघ ५ देखि वैशाख ३१ सम्म गरि दुईपटक सेवासुविधाको रकम भुक्तानी भएको छ। सचिवालयका लेखा अधिकृत दुर्योधन गिरीका...