कांग्रेस नेता खड्काको निधन………

 १६ चैत २०७४,   काठमाडौं- नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरेका छन्। पूर्व गृहमन्त्री समेत रहेका खड्का मृगौला रोगबाट पीडित थिए।  प्रवक्त शर्माले ट्विट गर्दै भनेका छन्, ‘सूचना एवं समवेदना ! भारत दिल्लीको अपोलो अस्पतालमा उपचाररत कांग्रेस नेता खुमबहादुर खड्काको भर्...

तय भयो प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण

काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण मिति तय भएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीले आगामी चैत्र २३ गतेदेखि तीन दिन भारत भ्रमण गर्ने जनकारी दिएको हो । २३ गते भारत जाने प्रधानमन्त्री ओली २५ गते स्वदेश फर्कनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोभिन्द, उपराष्ट्रपति वेकैया नायडु, स...

क्रिकेट रंगशाला निर्माणमा लाग्ने……….

१५ चैत, काठमाडौं । ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका छन् ।  नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि उनीमाथि क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाउन जनस्तरबाट दवाव बढेको थियो । फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लाग...

राष्ट्रपतिको पहिलो सम्बोधन ……..

चैत्र १५, २०७४   काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को पहिलो संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनपछि बनेका दुवै सदनको संयुक्त बैठकलाई बिहीबार दिउँसो ४ बजे राष्ट्रपतिबाट पहिलो सम्बोधन हुन लागेको हो । संविधान जारी भएपछि पहिलोपटक गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र माघ २४ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट गठि...

जताततै धुलाेधुवा श्वासमा जोखिम…….

चैत १५, २०७४  काठमाडौं - सामान्यतया सहर भन्नासाथ ठूलो जनसंख्या, फराकिला सडक, सफा र ठूला फुटपाथ, खुला पार्क र चौरको छवि दिमागमा आउँछ । तर, अहिले काठमाडौं आइपुग्नेले यो सहरमा अर्को एउटा विशेषता पाउनेछ, सहरवासीको मुख ढाक्ने मास्क । सडक विस्तार, ढल सुधार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडानका लागि पछिल्लो समय गरिएको उत्खननले काठमाडौं खाल्डोलाई स-साना ‘खाल्टा’ को सहरमा परिणत गरिदिएको छ । र, यहाँको वाय...

सहरसबै ‘धरापै धराप’……….

१५ चैत २०७४,  दोलखा – झुरुप्प परेको बस्ती। अधिकांश घर ठिंग उभिएका छन्। बाहिरबाट हेर्दा लाग्छ यो सहरका घर सग्लै छन्। प्राचीन सहर दोलखाको मुख्य प्रवेशद्वार पाखलती बजारबाट ओरालो लाग्नेबित्तिकै धुरी ढलेका, चर्किएका, गारो चिरा परेका ढुंगामाटाका पुराना घर प्रशस्त देखिन्छन्। २०७२ सालको भूकम्पले हल्लाएर धराप बनेका यी घर न सबै भत्किएका छन् न त पुनर्निर्माणका लागि काम अगाडि बढाइएको छ। स्थानीयले धराप बनेका त...

सार्वजनिक बिदा कटौतीमा कटौती, संविधान दिवस राष्ट्रिय उत्सवका रूपमा मनाइने

काठमाडौँ सरकारले १२ दिन सार्वजनिक बिदा कटौती गरेको छ । मुलुकमा सार्वजनिक बिदा बढी भयो भनेर विरोध भइरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा बिदा कटौतीको निर्णय गरेको हो । कटौती गरिएका बिदामा गणतन्त्र दिवस, लोकतन्त्र दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस छन् । सरकारले बडादसैंमा दिइँदै आएको बिदासमेत घटाएको छ । दसैंको घटस्थापना, द्वादश...

बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप……….

चैत १४, २०७४  काठमाडौं– सडक विस्तारकाे विराेधमा काठमाडौको बानेश्वरमा भएकाे प्रदर्शनकाे क्रममा झडप भएको छ । झडपका क्रममा दुवैतर्फ गरी आधा दर्जन घाइते भएका छन् । घाइते हुनेमा २ जना प्रहरी र चार जना सर्वसाधारण रहेकाे महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । झडपमा प्रहरीका २ वटा सवारी साधन समेत तोडफोड भएको प्रहरीले जनाएको छ । त्यस क्रममा प्रहरीले १६ जनालाई नियन्त्रमा लिनुका साथै केही राउण्ड हवाई फाय...

स्वास्थ्य परीक्षणमा सिण्डिकेट………

१४ चैत, काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत जाने नेपालीहरुले अब तोकिएको मेडिकल सेन्टरहरुमा मात्र स्वास्थ्य परीक्षण गर्नु पर्ने भएको छ । यो एक प्रकारको सिण्डिकेट नै हो र यसले नेपाली कामदारलाई थर भार पर्न सक्छ । कुवेतको आवासीय मामिला विभागले कुवेत जाने नेपाली कामदारले गर्ने मेडिकल सेन्टरहरु तोकेको हो । विभागले आफ्नो देशमा आउने नेपाली कामदारले १० वटा मेडिकलबाट मात्रै स्वास्थ्य परीक्षण गर्नु पर्ने...

‘सिक्स लेन’ सडकमा यात्रीलाई धुलै धुलो……….

चैत १४, २०७४   रुपन्देही । पाँच नम्बर प्रदेशमा मुख्य सचिव शङ्कर पाठक भैरहवामा रहेको क्वाटरबाट बुटवलस्थित प्रदेश कार्यालयमा दैनिक आवत–जावत गर्छन् । भैरहवामा आउँदा पडसरी, भलवारी हँुदै मणिग्राणसम्म आइपुग्दा उनलाई निकै अप्ठारो लाग्छ । त्यो सडकमा धुलोले हैरान पार्छ । केही ठाउँमा निर्माण सामग्री अव्यवस्थित तरिकाले फालिएको छ । चालकले सहज रूपमा सावरी सधान चालाउन पनि सक्दैनन् । यस्तै समस्या मुख्य सचिव पाठक...

ब्रिफिङमा बिदेशी कुटनीतिकहरू……..

१४ चैत २०७४,  काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आज काठमाडौमा रहेका कुटनीतिक नियोगका प्रमुखहरुलाई गरेको ‘कुटनीतिक ब्रिफिङ’मा आफ्नो सरकारका नीति तथा कार्यक्रमहरु छ वटा आधारभूत स्तम्भबाट निर्देशित हुने बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रियता, लोकतन्त्र, समानतामा आधारित सामाजिक न्याय, समावेशी राजनीति, कानुनी राज र अहिंसा मुख्य आधारस्तम्भ रहेको उल्लेख गरे । मुख्य अाधारभूत स्तम्भराष्ट्रियता,लोकतन्...

प्रहरीबाटै किशोरी बलात्कृत……..

चैत १४, २०७४   विपन्न परिवारकी १४ बर्षीया किशोरी प्रहरीबाट बलात्कृत भएकी छन् । अभियुक्तले पीडित परिवारलाई धम्क्याउँदै गर्भपतन गराउन खोज्दा बलात्कार घटना सार्वजनिक भएको छ । फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा प्रहरी चौकीका ईन्चार्ज असई बलबहादुर ठटालले किशोरीलाई बलात्कार गरेर गर्भपतन बनाएको आरोप लागेको छ । किशोरीले बान्ता गर्न थालेपछि साथीलाई सोध्न लगाउँदा प्रहरी हाकिमले बलात्कार गर्दा गर्भवती भएको भन...