केन्द्रीय सदस्यहरूमा दुई खाले मत विभाजन…..

काठमाडौं, नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशन सार्ने सम्बन्धमा मतभेद देखिएको छ । बूढानीलकण्ठमा जारी विहीबार र शुक्रबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूमा दुई खाले मत विभाजन देखिएको हो । संस्थापन पक्षबाट आउँदो मंसिरभित्र महाधिवेशन गर्ने गरी धारणा आइरहेको छ भने संस्थापन इत्तर समूहले असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । संस्थापन पक्षका नेताहरूले भदौ २३ मा वडा अधिवेश...

अमर्यादित शब्दलाई रेकर्डबाट हटाउन निर्देशन…..

काठमाडौँ — प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोलिएको ‘मेन्टल्ली’, ‘फिजिकल्ली’ भन्ने शब्दलाई संसद सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले हिजोको बैठकमा सत्तापक्षीय एक जना सांसदले अर्को प्रतिपक्षी दलका सांसदलाई अमर्याद...

एक महिनासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउनसम्म सकेन…..

काठमाडौं, काँग्रेस सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री बनेका बनेका हुन् । आज साउन २९ गते उनको नेतृत्वमा सरकार गठन भएको ठीक एक महिना पुगेको छ । सरकार बनेको एक महिनासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउनसम्म सकेको छैन । एकातर्फ ५ वर्ष ६ महिना बित्दा पनि नेपाली काँग्रेसको महाधिवेशन गर्न नसकेर देउवाले ‘असफल सभापति’ दर्जा पाउन लागेका छन् । अर्कोतिर १७ महिनाका लागि प्रधानमन्त्री बनेका उनले एक महिना...

देशका अधिकांश स्थानहरूमा वर्षा…..

काठमाडौं, हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। शुक्रबार देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न...

माओवादी र जसपामा मन्त्रीका दाबेदारको ताँती…..

काठमाडौँ — शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको शुक्रबार एक महिना पुगेको छ । तर अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । एमालेको माधव नेपाल समूहलाई पर्खिएको बताए पनि खासमा कांग्रेस, माओवादी र जसपा नेतृत्वले नै ढिलाइ गरिरहेको पार्टी नेताहरू बताउँछन् । कांग्रेस महाधिवेशनको अन्योलले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता, सरकारको प्रभावकारित...

अलमुताइरी अनुसन्धानसँग सकारात्मक…..

काठमाडौं, राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) उपाध्यक्षबीचको विवाद समाधान समितिमा आज मुख्य प्रशिक्षक र उपाध्यक्षले बयान दिएका छन् । विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठित छानबिन समितिमा आज प्रशिक्षक घटनासँग सम्बन्धित रहेर बयान दिएका हुन । करिब २ घण्टा बयान दिएर फर्किएका प्रशिक्षक अलमुताइरीले आफू छानबिन समितिको अनुसन्धानस...

संक्रमण जोखिम बढेको जनाउँदै राति सवारी साधन चलाउन रोक…..

काठमाडौँ — कोभिड–१९ को संक्रमण जोखिम बढेको जनाउँदै काठमाडौं उपत्यकामा बिहीबार राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । बिहीबार पहिलो दिन उपत्यकाका चोक चोकमा प्रहरीले सवारी साधन रोक्दै फेरि निषेधाज्ञाको अवधिमा नचलाउन चेतावनी दिँदै पठाउने गरेको छ । आगामी भदौ ८ गतेसम्म लागू हुने निषेधाज्ञाको अधविमा अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्...

काँग्रेस,माओवादीलाई फाइदा एमालेलाई क्षति…..

काठमाडौं, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भङ्ग भएपछि पूर्ववत् अवस्थामा फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रमध्ये नेकपा एमालेले लगातार क्षति व्यहोर्दै आएको छ । सोही क्रममा पछिल्लो पटक एमालेले लुम्बिनी प्रदेश सरकारको नेतृत्व पनि गुमाएको छ । तत्कालीन नेकपा भङ्ग भएपछि सबैभन्दा बढी राजनीतिक लाभ भने नेपाली काँग्रेसलाई भएको छ । त्यसपछि क्रमशः माओवादी केन्द्र, जसपा र एमालेकै माधवकुमार नेप...

भदौको पहिलो सातायता मन्त्रीको टुङ्गो नलगाउने…..

काठमाडौं, जनता समाजवादी पार्टी नेपालले भदौ यता सरकारमा मन्त्री नपठाउने भएको छ । भदौ १ र २ गते बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको छ । त्यो बैठकअघि सरकारमा पार्टीबाट कसलाई पठाउने भन्नेबारे टुङ्गो नलाग्ने भएको छ । जसपा उपेन्द्र यादव पक्षले काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने निर्णय गरिसकेको छ तर मन्त्रीको बारेमा अझै निर्णय गर्न सकेको छैन । सुरुमा सत्ताधारी गठबन्धन...

केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त…..

बुटवल — नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले भर्खरै नियुक्तिपत्र बुझेको माओवादी प्रमुख सचेतक तुलाराम घर्तीले बताए । केसी रोल्पाको निर्वाचन क्षेत्र १ को 'क' बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । एमालेका तर्फबाट मुख्यमन्त्...

पेनाल्टी सुटआउटमा भिल्लरियल पराजित…..

काठमाडौं, भिल्लारियललाई ६–५ ले हराउँदै चेल्सीले युरोपेली सुपर कप जितेको छ । च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच यो खेल हुने गर्छ । गत सिजन चेल्सीले च्याम्पियन्स लिग र र भिल्लारियलले युरोपा लिग जितेका थिए । ९० मिनेट र अतिरिक्त समयमा समेत एक–एक गोलको बराबरी भएपछि पेनाल्टीबाट खेलको टुंगो लगाइएको हो । चेल्सीका लागि हाकिम जियचले खेलको २७ औं मिनेटमा अग्रता दिलाएका थिए । तर, ७३ मिनेटमा जेर...

बीपी प्रतिष्ठान धरानमा अख्तियारको छापा…..

सुनसरी, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालय समेतबाट खटिएको टोलीले छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाइएको छ । औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले भ्रष्टाचार गरेको भन्दै चिकित्सक र कर्मचारीले लामो समयदेखि आन्दोलन गर्दै आ...